हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह



काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् ।

बुद्धनगर टोल सुधार समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने बताएका हुन् ।

‘सरकारले नीति बनाएको छ । कानून पनि छ । सार्वजनिक जग्गा त सार्वजनिक नै रहनुपर्याे नी,झ उपप्रधानमन्त्री सिंहले भने,’सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने त्यसरी हडपेको जग्गा सरकारले फिर्ता ल्याउँछ । ठाउँ ठाउँमा अहिले फिर्ता पनि भइसकेको छ ।’

उनले सरकारले नागरिकको जीवन र जिविका सहज बनाउन लागिरहेको बताए । सर्वाेच्च अदालतको फैसलापछि बागमतिसहित उपत्यकाका नदी किनारमा २० मिटरको मापदण्डका कारण १५/१६ लाख नागरिक समस्यामा पर्ने देखिएपछि शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बनेको समितिको प्रतिवेदनका आधारमा सरकार पुनरावलोकनको माग गर्दै अदालत गएको र सोही कारण अहिले तत्कालका लागि समस्या टरेको पनि स्मरण गराए ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले माघ १८ बाट शुरू हुने हिउँदे अधिवेशनमा विधेयकहरूलाई पारित गरि आवश्यक नयाँ कानून बनाउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न