राप्रपाले केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कामको समीक्षा गर्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुक्रबारदेखि बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

त्यस्तै महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन पेश गरेका छन् । बैठकअघि अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा समसामयिक राजनीतिकबारे छलफल हुने जानकारी दिए । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए ।

उनले ठूला दुई दल मिलेर बनेको सरकारले अहिलेसम्म के–के गरेको छ त्यसको बारेमा समेत समीक्षा गरिने बताए । त्यस्तै बैठकमा मंहगी, निर्माण सामग्रीको मूल्य वृद्धिलगायतका विषयमा छलफल हुने उनले बताए । बैठक शनिबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१८ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १८ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको छ ।

‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ