हमासले छाड्यो ३ बन्धक



बीबीसी । हमासले पहिलो चरणमा आइतबार गाजामा तीनजना बन्धक रेडक्रसलाई बुझाएको छ । यसअघि रिहा गरिने ती महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको थियो ।

यसको बदलामा इजरायलले ९० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्ने हमासले जनाएको छ । यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् ।

हमासले रिहा गर्ने महिलाहरूको सूचीमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरायली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ । हजारौँको सङ्ख्यामा विस्थापित गाजाका मानिसहरू त्रिपाल, लुगाफाटा र सरसामानसहित आफ्नो पुरानो घर भएको ठाउँ फर्किरहेका छन्।

जसक्रममा बालबालिकासहितका धेरैजसो परिवारहरू टाँगा, कार, ट्रकको प्रयोग गरेका छन् भने कोही पैदल नै घर फर्कँदै छन् ।

दक्षिणी सहर खान यूनिसमा हमासका लडाकुहरू निस्कँदा त्यहाँ मानिसहरूको भिडले नाराबाजीसहित उनीहरूलाई स्वागत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस् बन्धक रिहाइपछिको परिवार पुनर्मिलन

  काठमाडौं । इजरायल–हमास युद्धविराम सम्झौता लागू भएसँगै हमासले सुरुमा तीन बन्धक रिहा

विपिन सकुशल घर फर्किने आशामा परिवार

दोधारा चाँदनी (कञ्चनपुर) । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा १४ जनाको मृत्यु

सुडान । सुडानमा उत्तरी डार्फरको राजधानी एल–फाशरको पूर्वी क्षेत्रमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट

शेन्झाउ–१९ चालक दल दोस्रो बाह्य गतिविधिको लागि तयार

बेइजिङ । चीनको अन्तरिक्ष स्टेशनमा रहेको शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिनभित्रै