कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरी पूर्वमुख्यमन्त्रीसमेत रहेका कोशीका संसदीय दल नेता थापामाथि झापामा शनिबार भएको आक्रमणको निन्दा गरेका हुन् ।

कांग्रेसले घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि सरकारसँग गरेको हो । झापाको कन्काई नगरपालिकाको सुरुङ्गानजिक थापामाथि आक्रमण भएको थियो ।

उनको निधारमा चोट लागेको छ । कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हो ।

थापामाथि मुक्का प्रहार गर्ने नेपाल विद्यूत प्राधिकरणका कर्मचारी भक्तबहादुर कटवाल र पृथ्वी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नम्बरको गाडीलाई अवरोध गरी उनीहरुले आक्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न