४७ हजारको मृत्युपछि भएको युद्धविरामले ल्याएको खुसी



बीबीसी । लामो प्रयासपछि इजरायल र हमासबीच युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ । सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले युद्धविराम आइतबारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरायली मन्त्रिपरिषद्बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन् । ६ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ ।

यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ । भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ ।

हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको बताइन्छ । राष्ट्रपति बाइडनले यस सम्झौता इजरायली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनःस्थापनाको अवसर रहेको बताएका छन् ।

उनले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिएका छन् । सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ । डेर अल–बलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ ।

अन्यत्र इजरायली हमला भएका विवरण समेत छन् । हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधबार मात्र इजरायली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन् । इजरायली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्।

उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ । हमासका मुख्य वार्ताकार खलिल अल–हयाले गाजामा थोपरिएको पीडाका लागि क्षमता नदिने बताएका छन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए ।

त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजार भन्दाबढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासको नियन्त्रणमा नेपाली विद्यार्थी विपीन जोशी पनि छन् । अब उनको पनि रिहाई हुने अपेक्षा गरिएको छ ।

Photo: Xinhua/AP

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसका मन्त्रीहरु महिनामा एकदिन पार्टी कार्यालय पुग्नैपर्ने, नागरिकसँग सातामा दुई दिन भेटघाट(निर्देशनसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संचालनमा कांग्रेस र एमालेबीच कुनै

छुरा प्रहारबाट बलिउड अभिनेता सैफ अली खान घाइते, अवस्था खतरामुक्त

मुम्बई । बलिउड अभिनेता सैफ अली खान छुरा प्रहारबाट घाइते भएका छन् ।

गाजामा सहायता अवरोध हटाउनु अत्यावश्यक रहेको राष्ट्रसङ्घका प्रमुखको भनाइ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा हालै भएको युद्धविरामले सहायता

बार एसोसिएसनले भन्यो-त्रिपाठीमाथि आक्रमण गर्नेलाई अबिलम्ब कानूनी दायरामा ल्याइयोस्

काठमाडौं । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा