यो सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेखे हुन्छः परराष्ट्रमन्त्री राणा



सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीको शनिबार धनगढीमा भएको पदस्थापन समारोहमा उनले मुलुकको विकासका लागि आवश्यक राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन भएको र सोहीअनुसार अघि बढेको बताइन् ।

वर्तमान सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न समेत उनले आग्रह गरेकी छन्।

उनले कांग्रेस–एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरिन्। सत्ता गठबन्धन पुरै अवधि जाने र सरकार सहजीकरणका लागि दुई दलको कार्यदल बनेको परराष्ट्रमन्त्री राणाले बताइन्।

उनले वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित रहेको समेत बताइन् । उनले आर्थिक तथा समाजिक विकासका लागि देशमा लगानीको वातावरण बनाउन सरकार क्रियाशील रहेको बताइन् ।

त्यस अवसरमा उनले नेपालमा प्रजातन्त्र, लोकतन्त्र स्थापनामा पत्रकारिता जगतको ठूलो योगदान रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।

‘हामीले संविधानको प्रस्तावनामै पनि पूर्ण प्रेस स्वतन्त्रता हुने उल्लेख गरेका छौँ, मौलिक हकमार्फत थप अधिकार सुनिश्चित गरिएको छ, यसका लागि संविधान निर्माणको समयमा कांग्रेसले ठूलो भूमिका निर्वाह गरेको छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेवाग्राहीसँग तीन लाख घुस लिँदै गर्दा राष्ट्रिय किताबखानाका शाखा अधिकृत पक्राउ

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ

मुलुकको समृद्धिको अभियानमा सहभागी हुनुस् : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि

परराष्ट्रमन्त्री राणाद्वारा मनमोहन सिंहप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण

भीम रावल, विन्दा पाण्डे र उषाकिरणलाई कारबाही गरेको एमालेले पार्टीमा भित्रायो ‘मिसेज हेरिटेज इन्टरनेसनल’

काठमाडौं । ‘मिसेज हेरिटेज इन्टरनेसनल’की विजेता बिभा बस्नेत नेकपा एमालेमा प्रवेश गरेकी छन्