भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन



काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा सिंहको बिहीबार साँझ निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनलाई बिहीबार साँझै अस्पताल भर्ना गरिएको थियो । उनलाई राति ९ बजेर ५१ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए।

उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरेका थिए । सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल प्रधानमन्त्री पदमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै

विशेषको फैसला: पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि भएन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको

चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी

बेइजिङ । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र

लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु

भेन्टियान । लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष