अब एमालेमा एआईले बुझाउनेछ अनुशासनको महत्व



 

काठमाडौं । नेकपा एमालेले पार्टीका अनुशासनको महत्व बुझ्न एआईको साहारा लिएको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टीमा अनुशासन उल्लंघन गरेको भन्दै नेता भीम रावललाई पार्टीबाट निस्कासन र नेतृहरु विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले एआईको सहायता लिँदै संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुने बताएका हुन् ।

पोखरेलले यसबारे सामाजिक संजालमा यस्तो लेखका छन्ः

पार्टी अनुशासनवारे AI को धारणा
पार्टीमा अनुशासनको महत्व अत्यन्तै उच्च छ, किनभने कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन्छ। अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ। यसको मुख्य महत्व यस प्रकारले व्याख्या गर्न सकिन्छ:

१. संगठनात्मक एकता कायम राख्न:

अनुशासनले सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ ।

२. पारदर्शिता र विश्वसनीयता:

अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्छन्, जसले पार्टीलाई जनतामा विश्वसनीय बनाउँछ ।

३. नेतृत्वलाई बलियो बनाउन:

अनुशासनका कारण नेतृत्वलाई निर्णय लिन र रणनीति लागू गर्न सजिलो हुन्छ । अनुशासन नभए नेतृत्व कमजोर हुन्छ ।

४. सामाजिक सन्देशको प्रवाह:

अनुशासित पार्टीले समाजमा सकारात्मक सन्देश दिन्छ र नागरिकहरूलाई अनुकरणीय उदाहरण प्रस्तुत गर्छ ।

५. द्वन्द्व व्यवस्थापन:

अनुशासनले पार्टीभित्र हुने आन्तरिक विवादहरूलाई नियन्त्रण गर्न र समाधान गर्न सहयोग पुर्याउँछ।

६. लक्ष्यप्राप्ति:

पार्टीका सदस्यहरू जब अनुशासनमा रहेर काम गर्छन्, तब उनीहरूले निश्चित समयमा लक्ष्य हासिल गर्न सक्छन् ।

महासचिव पोखरेलले एआईको साहारा लिएपछि एमाले यान्त्रिक पार्टी भएको हो भन्दै प्रश्न गरेका छन् । एकजना समाजिक संजाल प्रयोगकर्ता मणि दाहाल फेसबुमा लेख्छन्, ‘पार्टी सञ्चालन यान्त्रिक भएपछि पार्टी अनुशासन के हो भनेर एआईलाई सोध्नु पर्छ । किनभने मानिसले व्याख्या गर्न सक्दैन।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले पनि बालबालिकालाई यस्तो शिक्षा दिने कि !

नारायण गाउँले । बेलायतमा उल्लेख्यरूपमा मुश्लिम, हिन्दू, शिख र यहुदीहरू छन् तर क्रिश्चियनबाहेक

कञ्चनपुरमा नेपाली भूमि भारतीय पक्षले अतिक्रमण गरेको विषयमा जाँचबुझका लागि टोली पठाउन झलनाथ खनालको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कञ्चनपुरमा भारतीय पक्षले भूमि कब्जा गरेको भन्दै आपत्ति

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी छ

दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा

जाजरकोटको नायकवाडा आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । जाजरकोटको नायकवाडा आसपासलाई केन्द्रविन्दु