हामीले पनि बालबालिकालाई यस्तो शिक्षा दिने कि !



नारायण गाउँले ।
बेलायतमा उल्लेख्यरूपमा मुश्लिम, हिन्दू, शिख र यहुदीहरू छन् तर क्रिश्चियनबाहेक अन्य चाडमा बिदा हुँदैन । यसको अर्थ अन्य चाडलाई हेला गरिएको या दमन गरिएको भन्ने होइन । ऐतिहासिकता, बहुमत र व्यावहारिकता हेरेर क्रिश्चियन चाडहरूमा छुट्टी हुन्छ । अन्य चाड मनाउनेहरूले पनि आफूखुसी पर्वबिदा लिने गर्छन् । कतिपय इमरजेन्सी सेवामा काम गर्नेले कृश्मसमा काम गरेबापत् आफ्नो चाडमा सट्टा बिदा पाउँछन् ! कुनै गुनासोबिना चलेको छ ! आफूखुसी नगरपालिका या जिल्लाले बिदा घोषणा गरेको सुनिन्न ।

बिदा मात्रै सम्मान होइन । यहाँका स्कुलमा हिन्दू, इश्लाम र बौद्ध धर्मका मूलभूत मान्यता, ऐतिहासिकता र सौन्दर्यबारे कोर्समैं पढाइ हुन्छ । प्राविका बच्चाहरूलाई दशैँ ताका रामायणको अभिनय गराइन्छ । रावण बन्ने बच्चालाई मनोवैज्ञानिक असर नपरोस् भनेर त्यसको भूमिका शिक्षक आफैंले गर्छन् । वर्षको एकदिन सांस्कृतिक दिन हुन्छ, जसमा सबै जना आआफ्नो संस्कृति र धर्मअनुसारको कपडामा विद्यालय जान सक्छन् । प्रायः अन्य धर्मका चाड वरपर ती धर्म र चाडबारे शिक्षकले जानकारी र चर्चा गर्छन् । कति संवेदनशीलता छ भने मुश्लिम समुदायका बालबच्चाले ’हलाल’ मात्रै खाने हुनाले तिनको आस्थामा खलल नपरोस् भनेर सिङ्गो स्कुलको खाना हलाल बनाइएका उदाहरण छन् ।

रानीको मृत्युमा एक दिन बढी सार्वजनिक बिदा हुँदा यहाँको अर्थतन्त्र सङ्कुचन भएको तथ्याङ्क थियो । त्यसैले हरेक चाडमा बिदा दिने कुरा व्यावहारिक हुँदैन । तर, आआफ्नो चाड मनाउन कसरी सजिलो हुन्छ, त्यसको सहजीकरण यहाँका स्थानीय सरकार, व्यवसाय र रोजगारदाताले गर्ने गर्छन् ।

बच्चाहरूमा आफ्नो धर्म र संस्कृतिबारे ज्ञान त दिनै पर्छ तर सँगसँगै धेरैथोरै सबै धर्म र संस्कृतिबारे शिक्षा दिनु उत्तम हुने रहेछ । यसले गर्दा आंशिक रूपमैं भए पनि धार्मिक सद्भाव र सहिष्णुता त बढ्छ नै, अनेकतालाई स्वीकार र सम्मान गर्ने संस्कार पनि बन्छ । गुरुकुल, मदरसा या चर्चमा मात्रै धर्मबारे पढाएर अबको समाजमा धार्मिक सहिष्णुता कायम गर्न मुश्किल छ । हामीकहाँ त तामाङदेखि गुरुङ, मगरदेखि थारू र मैथिलीदेखि किरातसम्म दर्जनौं स्थानीय संस्कृति र सुन्दर सभ्यता छन् । हाम्रा बालबच्चाले यो वैविध्यलाई पढ्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले