सबै दलसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु हुन्छः गृहमन्त्री लेखक



 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन् । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए ।

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले बताए ।

‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि  सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौँ’, गृहमन्त्री लेखकले भने, ‘त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।’

समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीम रावल, विन्दा पाण्डे र उषाकिरणमाथि एमालेले गर्यो कारबाही

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बुधबार बसेको

भावविह्वल बनेकी रेजिना भन्छिन्-बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, म उसकै मुखबाट सुन्न चाहन्छु

भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ ।