पार्टी सङ्गठनलाई व्यवस्थित गर्न एकीकृत समाजवादीमा केन्द्रीय सदस्यलाई जिम्मेवारी



 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सङ्गठन र फाँटभित्रका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी दिइएको बताएका छन् ।

अध्यक्ष नेपालले शनिबार विज्ञप्ति जारी गरी प्रदेशस्तरमा किसान, मजदूर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योगी, व्यवसायीलाई व्यवस्थित गर्न नेताहरूलाई पठाइएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको बताएका हुन् ।

प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्यूरो सदस्यको परामर्शबाट केही फाँटको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न जोड दिँदै उनले प्रदेशका कतिपय फाँटमा केन्द्रीय कमिटीका सदस्यलाई जिम्मेवारी तोकेकाले जनसङ्गठनका अध्यक्षलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्न निर्देशन दिए ।

अध्यक्ष नेपालले एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र भएको जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्नसक्ने उल्लेख गरेका छन् ।

केन्द्रीय कमिटी सदस्यलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नुपर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्नसक्ने अधिकार दिइएको बताउँदै अध्यक्ष नेपाल सोको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनुपर्ने उल्लेख गरेका छन् ।

केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गरेको पार्टीले कामको आवश्यकता हनुसार केही स्थानमा केन्द्रीय आयोगका सदस्यलाई पनि जिम्मेवारी दिएको पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र पेस

  गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय,

काठमाडौं महानगरपालिकामा सहकारीसँग सम्बन्धित आउँछन् यस्ता समस्या र गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ,

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही