रास्वपा प्रचण्डको समर्थनमा रमाउने कि आफ्नै खुट्टामा उभिने ?



काठमाडौं । सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थन र सरकारको विरोध गर्दै सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखे । प्रचण्डले रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै आपत्ति जनाए । प्रचण्डले लेखे, ‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ प्रचण्डको यो फेसबुक स्टाटस रास्वपाका नेता कार्यकर्ता र रविका समर्थकले शेयर गरी भाइरल बनाए । अब प्रचण्डले समेत रविलाई सरकारले प्रतिशोध साँधेको बताएपछि रास्वपा र रविका समर्थकले अब रविलाई रिहा गर्नुपर्ने बताए ।
प्रचण्डको यो स्टाटसपछि रास्वपा खुसी हुनु स्वाभाविकै हो । उसले आफूहरुलाई समर्थन गरेको भन्दै प्रचण्डलाई धन्यवादसमेत दिएको छ । रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक संजालमा लेखे, ‘धन्यवाद प्रचण्ड, राजनीतिक प्रतिशोधविरुद्धको यो संघर्षमा हाम्रो साथमा उभिनु भएकोमा हामी आभारी छौँ ।’

तर प्रचण्डको अभिव्यक्तिले अनुसन्धान प्रभावित गर्ने भन्दै सरकारले आपत्ति जनाएको छ । मंगलबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि प्रकरणमा सरकारले प्रतिशोध साँध्यो भनेर बोल्नु दुर्भाग्यपूर्ण रहेको बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण हो । कसैले पनि अनुसन्धानलाई प्रभावित गर्न खोज्नु गलत हो ।’

प्रचण्ड सोमबारको फेसबुक स्टाटसमा रोकिएनन् । मंगलबार दिउँसो चितवनको भरतपुरमा आयोजित खबरदारी सभामा पनि प्रचण्डले रविको पक्ष र सरकारको विपक्षमा अभिव्यक्ति दिए । प्रचण्डले रविलाई हाजिरी जमानीमा छाडे हुने बताए । प्रचण्डले भने, ‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि । जे–जे जाँचबुझ गर्नु छ, गरे हुन्छ नि । स्वयम् रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि यति धेरै तर्सिनुपर्ने ?’

प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि रास्वपा र उनका समर्थकहरु झन् हौसिएका छन् । हुन त रविमाथिको माया र सद्भाव प्रचण्डको यो पहिलो पटक भने होइन । आफू प्रधानमन्त्री हुँदा दुई दुई पटक उपप्रधान तथा गृहमन्त्री स्वीकार गर्नु, राहदानीसम्बन्धी मुद्दा चल्दैन भनी महान्याधिवक्ताको कार्यालयबाट निर्णय गराउनु पनि थियो । त्यस्तै प्रधानमन्त्री हुँदा सहकारी ठगीमा रवि निर्दोष रहेको कुरा संसदबाट भन्नु पनि रविमाथि प्रचण्डको माया र सद्भाव थियो । अहिले पनि रविमाथिको बचाउ, माया र सद्भाव विपक्षीको मोर्चा बलियो बनाउनका लागि हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

यसरी पार्टी अध्यक्ष रविको बचाउमा लागेकोप्रति भने माओवादी पार्टीभित्रै धेरैलाई मन परेको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लेख्छन्, ‘हाम्रो पार्टीका दुःख । सत्तापक्षको बदमासीकाविरुद्ध बोल्नु परेको छ । प्रतिपक्षी सहकारी ठगलाई बोक्नु पनि परेको छ !’

प्रचण्डले रविको बचाउ गरेको भन्दै त्यसमा नरमाउन रास्वपालाई सुझाव दिनेहरु पनि छन् । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे यो रविमाथिको राजनीति भएकाले रास्वपालाई त्यसमा नरमाई आफ्नै खुट्टामा उभिन सुझाव दिन्छन् । उनी भन्छन्, ‘हिजो रविको नाममा एमालेले राजनीति गर्यो । रविलाई बोकेजस्तो गरेर आफ्नो क्याम्पमा राख्यो। रास्वपा सदस्यहरूको सेन्टिमेन्ट लुट्यो । आज प्रचण्ड त्यही गर्दैछन् । यो उहाँहरूको राजनीति हो । कृपया हिजो ओलीको भिडियोजस्तै आज प्रचण्डको भिडियो सेयर गरेर खुसी नहुनुहोला । यो लडाई देउवा, ओली वा प्रचण्डको काँधमा टेकेर वा हात समाएर जितिनेवाला छैन। आफ्नै खुट्टामा उभिएर, वैकल्पिक राजनीतिका मूल्य मान्यतामा बसेर मात्र जितिन्छ। कसैलाई काँधमा बोकेर या कसैको काँधमा चढेर हुन्न भन्ने अब बुझिसकियो होला । अब नागरिकका मुद्दा बोक्नेबाहेक अरू कुनै उपाय छैन। छैन त, छँदै छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा के विषयमा भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ

प्रकाशमानको प्रश्नः कांग्रेस-एमाले सरकार बनेपछि कुनै ‘स्क्याम’ सुन्नुभएको छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्