कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीकातर्फबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता
काठमाडौं । काठमडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि महर्जनले आइतबार मनोनयन दर्ता गराएका हुन् ।
कीर्तिपुरमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच तालमेल गरेर जाने सहमति भएको छ । माओवादीलाई कीर्तिपुरमा एकीकृत समाजवादीले सघाउने र काठमाडौं महानगरको वडा नम्बर १६ को वडा अध्यक्षमा एकीकृत समाजवादीलाई माओवादीले सघाउने सहमति भएको छ ।
एकीकृत समाजवादीले काठमाडौंको वडा नम्बर १६ मा मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ ।