नढलोस् यो सरकार !



गणेश कार्की ।
हिरण्याक्षको हत्या पछि दानवहरू कमजोर भए । छरपस्ट भए । अब मिलेर मात्र दानव बलियो हुन्छौँ भनेर मय दानवले सोच्यो । र आफ्ना दुई साथी तारकासुर र विद्युतप्रभ लिएर हिमालयमा घोर तपस्या गर्न थाल्यो । तपस्या गरेको दश हजार वर्ष पछि ब्रह्माले दर्शन दिई वरदान माग्न भने । मयले अमरताको वरदान मागे पनि ब्रह्माबाट सो वरदान पाएन । अनि आकाशमा तीनवटा बस्ति (पुर) बनाउने, ति पुरहरू चै दशहजार वर्षमा एक पटक आधा निमेषका निम्ति भेटिने र ठीक त्यसै बखतमा एकै वाणद्वारा ती तीनै पुरलाई नाश गर्न सक्नेले मात्र उसलाई मार्न सक्ने वरदान माग्यो । तथास्तु भयो । वरदान अनुसार बमोजिम ३ वटा पुर बनाइए । ३ दानवले १० हजार बर्ष मनमौजी शासन गरे । अनि पहिलो पटक आधा निमेषका लागि भेट भएका त्रिपुरलाई महादेवले नष्ट गरि दानवको शासन समाप्त गरिदिए ।

स्वस्थानी कथामा भएको यो सन्दर्भ गजब लाग्छ । यसले सिकाउँछ – बेग्ला बेग्लै भएर मनमौजी शासन गरिरहेका खराब प्रवृतिहरू मिल्नुको सन्दर्भ पनि विरलै हुन्छ । सबैलाई एकैपटक निशाना बनाउन पाउने संयोगकारूपमा उपयोग गर्नुपर्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अगाडि बढ्दा बेचैन झा पक्राउ परेपछि देउवा दम्पति बैचेन भएर खड्गप्रसाद ओली निवासमा पुगेर बनेको सरकारको १०० दिन पूरा भएकोमा स्वस्थानीको माथिको कथा खुब सम्झिरहेको छु । दुई ठुला दल मिलेर सरकारमा मनमौजी भएर चलाउने र एकैपटक दुईटाको चरित्र उदांगो हुने संयोग विरलै हुन्छ । यो लम्बियोस् । महादेव थिए र पो आधा निमेषमा काम तमाम् गरिदिए । सामान्य मानिसहरूका लागि त त्यो आधा निमेष बढेर केही वर्ष भइदिए सहज हुन्छ । यसैले, यतिका वर्ष त भोगिरहेका छौँ भने अब थप ३ बर्ष पनि भोगौँला ।
तर, अब हरेक पल्ट सरकार ढालिदिएर मात्रै हो भन्ने बहाना सकिनु पर्छ । छिरेपछि बाहिर निस्किने ढोका नै नभएको नेपाली राजनीतिमा त्यो ढोका बन्नै पर्छ । कुनै व्यक्ति वा दल निर्विकल्प हुने, चौविसै घण्टा र जिन्दगीभर नेता भइरहने प्रवृति सकिनै पर्छ । यो अवसर हो । सरकार नढलोस् ।

कार्की रास्वपाका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिचेर सार्वजनिक

रविलाई निलम्बन गर्न प्रहरीको पत्र संसद सचिवालयमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय

साई स्वागत सहकारीका पूर्वअध्यक्ष र कोषाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय 

  काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक