संकटको समयमा प्रतिपक्षी दलले कुण्ठा पोख्योः महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जाजरकोट भूकम्पका बेला आफू नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम कसरी गरेको थियो भनेर बिर्सिएको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले सोहीकारण अहिले सरकारमाथि आरोप लगाइएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ’पुष्पकमल दाहालले जाजरकोट भूकम्पका बेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी, पैरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ ।’

यस्तो छ महासचिव पोखरेलको भनाई
पुष्पकमल दाहालले जाजरकोट भुकम्पका बेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनःस्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढीपहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ । जाजरकोट भूकम्पका बेला न सडक अवरुद्ध थियो । नत मौसमी प्रतिकुलता नै थियो । निरास बनेका जनतामा आशा जगाउन त्यतिबेलाको प्रमुख प्रतिपक्षी राज्यपक्ष भन्दा अगाडी बढेर राहत र उद्धारमा जुटेको थियो । यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्नेकुरामा केन्द्रित बन्न पुगेको देखिन्छ ।

यस पटकको बाढीपहिरो र डुबानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय थियो । राजधानी जोड्ने सबै बाटाहरु अवरुद्ध भएका थिए । प्रभावित क्षेत्रमा अधिकांश ग्रामिण सडक समेत अवरुद्ध थिए । लगातारको वर्षातका कारणले भिजिविलिटीको अभावमा उडानमा समेत समस्या उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा राज्यका निकायले गरेको उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित होइन । तर सत्ता वियोगको छटपटिबाट बाहिर निक्लन नसकिरहेको प्रमुख विपक्षी दल जेकुराको पनि विरोध गर्ने अभियानमा जुटेको छ ।
यस पटक सरकार विपद पर्यटनलाई रोक्न पूर्णतः सफल भयों । जाजरकोट भूकम्पको बेलामा भएको जस्तो विपद पर्यटनको पीडा बाढीपहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु परेन । यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो ।

जहाँसम्म क्षतिग्रस्त सड़क सुचारु गर्नेकुरामा सरकारले अपेक्षा गरिएको भन्दा छिटो सुचारु गर्न सफल भयो । बीपी राजमार्गको दुरावस्था देखेकाहरुका लागि राज्यका निकायहरुले गरेको काम निकै प्रशंसनीय रह्यो । खुर्कोट–रामेछाप जोड्ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेलिब्रिज जडान गर्नेकुरामा नेपाली सेना र प्राविधिकहरुले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो । तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा गÞरेर आलोचनाका लागि आलोचनामा केन्द्रित छ । वास्तवमा संकटका समयमा प्रतिपक्षी दलको यस प्रकारको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरेपनि कमै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका नेपाली शान्ति सैनिकको भूमिका प्रशंसनीयः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी

जलवायु अनुकूलनलाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री ओली

  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता

जाइकाको ‘रेस्पोन्स’ आएपछि डिभिजन सडकले विपी राजमार्ग पुनर्निर्माणको काम थाल्ने

राजकुमार पराजुली, काभ्रे ।  गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको