रवि पक्राउ पर्ने सूचना पाएको छुः प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।

शुक्रबार विपक्षी दलहरुको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका हुन् । विपक्षी दलको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारको तीन दलको बैठकबाट रवि पक्राउ पर्ने सूचना पाएको उल्लेख गरेका हुन् ।

बिहीबार कांग्रेस, एमाले र माओवादीबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन छिटो काम अघि बढाउने विषयमा छलफल भएको थियो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरे त्यो राम्रो नहुने बताए । उनले भने, ‘गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन समस्या सृजना गर्ने काम गर्नु हुन्न।’

माओवादी नेता शक्ति बस्नेतले राजनीतिक आग्रह–पूर्वाग्रका संकेत देखिनु राम्रो नहुने भन्दै कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक शृंखला खेल्न जान सन्दीपले अमेरिकी दूतावासबाट पाए भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन निरगानी समितिको माग

काठमाडौँ । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ

सरकारका कामकारबाहीप्रति विपक्ष दलहरु रुष्ट, पार्टीगत स्वार्थमा मात्र ध्यान केन्द्रित गरेको आरोप

काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ ।

बानेश्वरमा विपक्षी दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक