देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी गरेका छन् ।

पशुपति धर्मशालामा बुधबार मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै मेयर साहले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै अशक्तहरूलाई निः शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले यसबाट हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेको पुष्टि भएको बताएका छन् । उनले भनेका छन्, ‘नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ । अनि कोषले महानगरलाइ धर्मशाला तथा अशक्तहरुलाई निःशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेर्छौं ।’

बुधबार महानगर प्रहरीले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेपछि मारवाडी समुदायले प्रतिवाद गरेको थियो । त्यसक्रममा मारवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरुबीच धकेलाधकेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज