प्राविधिक विनाको ‘डोजर ड्राइभर’ले चलाएको देश
डा. युवराज संग्रौला
यो देशको ‘विज्ञता विनाको नेतृत्व र इन्जिनियर/प्राविधिक विनाको डोजर ड्राइभरले’ चलाएको रहेछ । २०७२ सालको भूकम्प आउँदा र यो पटकको वर्षामा पनि शहरबाट टाढा हुँदा थाहा भयो।
१. देशको अर्थतन्त्र, र लोकतन्त्र जस्तै “सडकसंजाल“ पनि सकियो । हिजो भकुन्डेबाट हिँडेर आउँदा तीनवटा एस्काभेटरले बाटो सफा गर्दै थिए । बाटो सबै भत्केको छ आपराधिक माफियाहरु सडक माथी र तल प्लटिङ्गका ठाउँमा सबैभन्दा डरलाग्दो पहिरो लडेको छ ।
२. उद्धारको ‘रकारको केही तयारी छैन । हेल्थ पोष्ट बन्द, स्थानीय निकाय बन्द, प्रहरीलाई मानिस तीनघन्टा हिँडेर जानकारी दिनुपर्ने । बाटो सफागर्ने ठाउँमा इन्जिनियर कोही छैन । सरकारका मान्छे हेलिकप्टर लिएर हिंडेकन छन् । शव बाटामा छ्न, घाइते बाटामा छन् ।
३. कति क्षति भयो गृहमन्त्री मन्त्रीज्यू ? तपाईंलाई थाहा छैन। अनि कसरी भन्दै हुनुहुन्छ, सरकारका तयारीले कम क्षती भयो ।
४. तीन दिन बस्तीमा निरीह जनताका साथमा उद्धारमा लाग्दा जीवनमा सबैभन्दा मानविकी काम गरेको लाग्यो ।
आजसम्म विकासका नाममा हामीमाथि ऋृण थोपरिएको रहेछ । भूगर्भको ख्यालै नगरी बाटा र पुल खनिएको रहेछ । गरीब त उहीठाउँमा अभिशप्त जीवन बाँचिरहेको रहेछ । उसको जमिन प्लटिङ्ग गरेर माफियाको र जनताको कर खाएर नेताको मात्र विकास भएको रहेछ।