चुनाव हारेपछि पार्टीप्रति निराशा पैदा गर्दै हिँड्नेलाई कारबाही गर्ने माधव नेपालको चेतावनी



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन । आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ । जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ ।’

उनले कतिपय पार्टीकानेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘आफू चुनावमा नजितेपछि असन्तोष पोख्दै हिँड्नु गलत हो । धेरैपटक छुट दिइयो, अब छुट दिन सकिँदैन । पार्टी–पङ्क्तिमा निराशा पैदा नगर्नुस् । जे पायो त्यही नलेख्नुस् । आफ्नो ठाउँमा बस्नुस् । धेरै रिस उठ्यो भने घरमा जानुस्, सिरक ओढेर सुत्नुस् । तर, पार्टीप्रति त्यसरी निराशा पैदा नगर्नुस् ।’

उनले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने निराशा पैदा गर्ने सबैलाई कारबाही हुने समेत बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

काठमाडौँ । नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।