ऋषि सुनकबाट सिक्ने कि ?



नारायण गाउँले ।
माफी माग्दै बिदा भए ऋषि सुनक ! हिजो निर्वाचन, रातभरमा नतिजा, एग्जिट पोल र नतिजा उस्तै, पार्टीको पराजय,
शुक्रबार बिहान निवासको ढोकाबाहिर उभिएर केही मिनेटको सादा सम्बोधन, पार्टी पराजयको सम्पूर्ण जिम्मा आफ्नै काँधमा, स्पष्ट शब्दमा ‘आई एम सरी’, न दोषारोपण, न आरोप–प्रत्यारोप, न अन्तर्घातको क्रन्दन, न भीड़भाड़ ।

पार्टी नेता र प्रधानमन्त्री दुबै पदबाट राजीनामा, विपक्षी दलका नेतालाई उनको सफलता देशकै सफलता हुने भन्दै बधाई, उनी असल मान्छे भएको टिप्पणी, जनतालाई धन्यवाद, त्यसको केही मिनेट नबित्दै राजदरबार पुगेर राजीनामा, चुपचाप बिदाबादी, भीड़ भनेको श्रीमतीमात्रै ! ऋषि सुनक बाहिरिएलगत्तै विजयी दलका नेता राजदरबारमा, उत्तिखेरै नियुक्ति, चुनाव सकिएको २४ घण्टा नबित्दै सत्ता हस्तान्तरण, नयाँ प्रधानमन्त्री, नयाँ मन्त्रिमण्डल, कसलाई के मन्त्री बनाउने भन्ने सकस र खेल पनि नचाहिने, तीन चार महिना त्यसैमा बिताउन नपर्ने, पार्टीमा जसले जुन विभाग हेर्दै आएको छ, त्यो त्यही मन्त्री बन्ने !

विपक्षी दलले सरकारजस्तै ’स्याडो क्याबिनेट’ (छायाँ मन्त्रिमण्डल) निर्माण गर्ने, विज्ञताअनुसार छायाँ मन्त्री बनाउने, सरकारका काममा विषय अनुसार तिनैले बहस र अनुगमन गर्ने, सबैले सबै विषयमा भाषण नगर्ने, पढ्ने, सिप र सूचना बटुल्ने अनि पार्टी विजयी हुँदा त्यही विभागको मन्त्री बन्ने ! न विभाग नयाँ, न मन्त्री नयाँ जस्तो ।

चुनावको पर्सिपल्ट सबै यथावत् जस्तो ! केही भएको थियो र जस्तो । खासमा चुनाव औपचारिकता जस्तै, नतिजा महिनौं अघिका सर्वेक्षणले देखाउने, सर्वेक्षण वर्सैभरि चलिरहने, लोकप्रियता कति बढ्यो, घट्यो भन्ने ’पोइन्ट’मैं थाहा भइरहने । ६५० सिटको संसदमा लेबर पार्टीले ४१२ सिट जितेको छ । दुई सिटको नतिजा आउन बाँकी छ । एग्जिट पोलले ४१० सिट आउने देखाएको थियो । कन्जरवेटिव पार्टी र यसका प्रायः सबै जसो ठूला नेता पराजित भए पनि पूर्वप्रधानमन्त्री ऋषि सुनक भने आफ्नो सिटमा विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

‘क्षणिक स्टन्टवाजी गर्ने र विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं’

डा. बाबुराम भट्टराई नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा