अहिले, ती युवकको नामसम्म सोधेको भए हुन्थ्यो जस्तो लागेको छ…



डा. गोविन्दशरण उपाध्याय ।

यो कथा होइन – (दाजुभाइ)
स्थान : पोखरा, समय : १.३०
सायद उनी २७–१८ वर्षका थिए । चौपारीको पिपलमा अडेस लागेर झोक्राएको युवालाई देखेर मलाई खसखस लाग्यो । ‘तपाईं यसरी किन झोक्राएको बाबु ? मैले सोधें । उनी बोल्दै बोलेन, मतिर फर्केर हेर्दैहेरेनन् । मैले सोध्न छोडिन । अनि, उनी बोल्न राजि भए । भने ‘मैले दाइलाई नभन्नु भनेर हिंडे । दाइको मन दुखाएँ । विगत तीनवर्षदेखि मन मन पोलिरहेको छ । अपराधबोधले गलिरहेको छु । मलाई मेरो जीवन भारी लाग्न थाल्यो । मेरो धेरै आग्रहमा उनले तीनवर्ष अगाडीको घटना सुनाए । उनले आफ्ना प्रियदाजुसँग त्यस्तो व्यवहार गर्नु हुन्थेनजस्तो लाग्यो । तर उनी क्षमा माग्न चाहन्थे तर त्यसका लागि हिम्मत थिएन, अपराधबोधले रोकिरहेको थियो ।

‘के तपाईंसँग दाजुको मोबाइल नम्बर छ ? मैले सोधें । ‘छ, तर उहाँसंग बोल्न डरलाग्छ, बोल्ने हिम्मत हुँदैन । साथै, उहाँले फोन उठाउनु हुन्छजस्तो पनि लाग्दैन ! –उनले शङ्का व्यक्त गरे । ‘बाबु ! उहाँ तपाईंको दाजु हुनुहुन्छ । जतिसुकै झैँझगडा भए पनि दाजुभाइ भनेका सबैभन्दा नजिकका माया गर्ने व्यक्ति हुन् । विश्वास गर, सायद तपाईंको दाजुले पनि भाइले फोन गरोस् भन्ने नै चाहनुभएको छ– मैले आफ्नो विश्वास सुनाएँ । उनी दाजुलाई फोन गर्न राजी भए । मैले उनको फोनबाट फोन लगाएँ । केहीवेरमा उताबाट फोन उठ्यो ।

‘कान्छा ! उताबाट मान्छेको आवाजले भन्यो । ‘म कान्छो होइन, उहाँको साथी हो । उहाँ तपाईंसँग कुरा गर्न चाहनुहुन्छ । स्पीकर खुलै थियो ‘उसले हामीसंग झगडा गरेर गए पनि फोन त गर्न सक्थ्यो नि ? म उसको दाइ हुँ । मसँग झगडा गर्ने/माया गर्ने दुवै अधिकार उसंग छ । पराईसंग झगडा गर्न कोही जाँदैनन्–उताको आवाजले भन्यो ।

मैले त्यो फोन भाइका हातमा दिएँ । भाइले बोले ‘दाइ, मैले हजुरलाई भन्नुनभन्नु भने । मलाई क्षमा गरिदिनुस् – भाइ भक्कानिएर रून थाल्यो । केही वेरपछि उताबाट आवाज आयो ‘तँ र म दाजुभाइ हुँ । तँ मसंग झगडा नगरेर कोसंग गर्छस् त ? मैले तेरो फोन आउँछ कि भनेर सधैं कुरेको हुन्थें । फोन गरिस् । अव सबै कुरा मिल्यो । मैले त केही दिनपछि नै तैंले भनेका सबै कुरा विर्सिएँ लाटा ! अब तँ घर आइज !’ उताबाट पनि घुक्कघुक्कको आवाज सुनियो । दुवै जनाले केहीबेर कुरा गरे । स्पीकर खुला भएको हुँदा मैले सबै कुरा सुने । युवक मप्रति कृतज्ञ भए । “बाबु ! आफन्त भनेको आफन्त नै हो । दाजुभाइ/दिदीबहिनी, काकाकाकी/मामामाइजु/बाआमा आफ्नै हुन् । कसैले कसैलाई विर्सन सक्दैनन् । गल्ति गर्नेले झुक्न जान्यो भने पुरानो प्रेमसम्बन्ध जस्ताको त्यस्तै हुन्छ । तपाईं झुक्नुभयो, सबै मनको मैला सकियो – मैले भने । हामी दूवै आ–आफ्नो बाटो लाग्यौं । मैले ती युवकको नाम, गाउँ, काम केही सोधेको थिइन । अहिले, ती युवकको नामसम्म सोधेको भए हुन्थ्यो जस्तो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनिल पोखरेललाई ५ लाख धरौटीमा रिहा गर्न मोरङ अदालतको आदेश

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस

मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग

जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन

काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन