शिक्षामन्त्रीलाई स्थानीय तहको चुनौतीः शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने



काठमाडौँ । नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुधबार पत्र पठाइ उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनकोे प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन् ।

सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गरेको पत्रमा स्थानीय गाउँ/नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।

यही जेठ २९ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सोही विषयमा आयोजना गरेको सरोकार भएकाहरु बिच भएको छलफलमा निर्देशिकामा असहमति व्यक्त गरिएको थियो ।

महासङ्घका अध्यक्ष गुणराज मोक्तानले यसबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लाग्यो’

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण

भ्रष्टाचारमा नातावाद, कृपावाद र पार्टीको साइनो लगाएर धेरैलाई जोगाइएको छ

काठमाडौँ । सुमना श्रेष्ठ प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन्

अमेरिकामा फेरि अर्को विमान दुर्घटना(भिडियो)

बीबीसी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा जहाज दुर्घटना भएको छ । उडिरहेको जहाज भवनमा