लोग्नेस्वास्नी : असल सल्लाहकार



डा. गोविन्दशरण उपाध्याय ।

धेरै कुरा जान्नु, चलाख हुनु र सबैले मान्नु हुनु राम्रो कुरा हो तर लोग्नेस्वास्नीको आपसी सम्बन्धमा उपरोक्त विधि भन्दा एकआपसी विश्वास, सम्मान र सहकार्य बढी महत्वपूर्ण हुन्छ । पत्नीले पतिमा र पत्नीमा पतिप्रति विश्वास छैन भने चलाखीको कुनै अर्थ छैन । विश्वास र प्रेम यी दुई भावनाहरू लोग्ने र स्वास्नीका लागि वरदान हुन् । जब प्रेम हुन्छ, सम्मान हुन्छ, करुणा हुन्छ, दायित्वबोध हुन्छ र जहाँ विश्वास हुन्छ त्यहाँ विश्वको सबै ठूलो खुसीको भण्डार हुन्छ । लोग्नेका लागि स्वास्नी र स्वास्नीका लागि लोग्ने आनन्दका भण्डार हुन् । तर यस्तो भण्डार बन्नका लागि स्वार्थ र अविश्वासको भुमरीबाट एकले अर्कालाई मुक्त गर्न आवश्यक हुन्छ ।

चलाख लोग्नेले आफ्ना मातापितापछि सबैभन्दा नजिकको सल्लाहकार आफ्नी पत्नीलाई मानेको हुन्छ भने पत्नीका लागि सबैभन्दा जेठो सल्लाहकार पतिनै हुन्छ ्र मातापिताको अवसानपछि पत्नीका लागि पति र पतिका लागि पत्नीजत्तिको भरपर्दो सल्लाहकार अर्को हुनैसक्दैन । छोराछोरीको आफ्नो संसार बसेपछि लोग्ने र स्वास्नी एक्लो हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा, जीवनका लागि सबैभन्दा मीठो मित्रता लोग्नेस्वास्नीले प्राप्त गर्छन् । मृत्युको घडीसम्म मित्रता गाढा रहन्छ ।

लोग्नेको लागि उसकी स्वास्नी आमाझैं मायालु हुन्छिन् । पिताझैं विश्वासिलो हुन्छिन्, दाजुभाइ/दिदीबहिनीझैं सबै कुरा भन्न मिल्ने बन्धु हुन्छिन् भने सामाजिक, सांस्कृतिक, राजनैतिक वा धार्मिक कार्यमा सबैभन्दा मिल्ने साथी हुन्छिन् । यसैगरी स्वास्नीका लागि लोग्नेको भन्दा बढी माया कसैले दिन सक्दैनन् । लोग्ने भन्दा विश्वासिलो अर्को व्यक्ति हुनै सक्दैन । सबैभन्दा नजिकको आन्द्राभुँडी साट्न मिल्ने नजिकको बन्धु पनि लोग्ने नै हुन्छ भने सबैभन्दा नजिकको हितकारी साथी पनि लोग्नेनै हुन्छ ।

संसार धेरै ठूलो छ । यहाँ हरेक सम्बन्धहरू स्वार्थमा आधारित भएर निर्माण हुन्छन् तर पतिपत्नीको मात्र एस्तो सम्बन्ध हो जहाँ सबै किसिमका स्वार्थहरूको अन्त्य हुन्छ । आवश्यक पर्दा अस्पतालमा कुर्ने होस् वा झ्यालखानामा भोजन पुर्याउने नै किन नहोस् अथवा सुखी हुँदा सुख बाट्ने र दुखी हुँदा दुःख निवारण गर्न सच्चा प्रयत्न गर्ने लोग्ने र स्वास्नी नै हुन् । यदि लोग्नेस्वास्नीका बीचको सम्बन्धको बन्धन केवल लिंग अथवा योनीसँग वा धनसम्पतिसँग जोडिएको छ भने यो सम्बन्ध लोग्नेस्वास्नीको नभएर दुईजना ब्यापारीको पार्टनरसीप हो । पार्टनरलाई निरन्तरता दिने कि अन्त्य गर्ने दुई व्यापारी बसेर जुनसुकै वेला निर्धारण गर्न सक्छन् ।

प्रेम र विश्वासको सम्बन्ध जति गहिरो र अर्थपूर्ण हुन्छ त्यतिनै अर्थ विहिन र सतही सम्वन्ध “पार्टनरसीप“को हुन्छ । तर जसले जीवनमा पतिपत्नी नबन्ने सङ्कल्प गरेका छन्, ती भने आफ्नो अभिरुचिअनुसार जीवन यापन गर्न स्वतन्त्र छन् । जसले पतिपत्नीको सम्वन्धनै अस्वीकार गरिरहेको छ, त्यसका लागि पतिपत्नी मिलेर बन्ने र विग्रने प्रावधानहरूसंग कुनै सम्वन्ध नै रहन्न । आजभोली यस्ता सम्वन्धहरू बढ्दा छन् । प्रसिद्द प्रेंच दार्शनिक ज्याँ पल सात्रे र उनकी प्रेमिका सिमोनको आदर्श बोक्नेहरूको विश्वका विषयमा यहाँ बोल्नु पर्ने केही छैन ।

युवावस्था जोशिलो हुन्छ । जवानीको जोशमा जस्तोसुकै निर्णय लिन सक्ने सामर्थ्य हुन्छ । निर्णय लिनु पनि पर्छ तर पतिपत्नीका विचको सम्बन्धको निर्णय सिनेमाका कलाकारहरुकोजस्तो हुनुहुँदैन । विवाह गरेको छ महिमा मै सम्बन्ध विच्छेद हुने । दूवैका आ–आफ्ना तर्क हुन्छन् तर सत्य के हो भने सम्बन्ध विच्छेदचाहिं अप्रिय निर्णय हो र यस्तो निर्णय मानवजातिका लागि सधैं मानसिक पीडा दिने हुन्छ । जोशमा गरिएका निर्णयहरू पीडादायक हुन सक्छन् । चारबटा लोग्ने फेर्नेहरू वा चारवटी स्वास्नी फेर्नेहरूले जीवनको अन्त्यमा एक्लो भएर मर्नु पर्ने सम्भावना बढी हुन्छ । त्यसैले हरेक स्वास्नीले असल स्वास्नी बन्ने कर्तव्यतिर र हरेक लोग्नेले असल लोग्नेको कर्तव्यपालनमा ध्यान दिनुपर्छ ।

मेरी विश्वासले भन्छ, मेरीआमापछि मलाई सबैभन्दा माया गर्ने, सबैभन्दा बढी विश्वासिलो, सबैभन्दा सरल र सहजतापूर्वक आफ्ना मनका कुरा पोख्न मिल्ने र आवश्यकता परेको वा न परेको अवस्थामा पनि सबैभन्दा बढी सहयोगी मेरी पत्नी नै हुन् । मेरी पत्नीका लागि पनि मेरो स्थान यही नै छ र म त्यो स्थान जोगाउन सधैं प्रतिबद्ध छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बचत अपचलनको अभियोगमा पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखरा । पोखराको संघर्षशील बचत तथा ऋण सहकारीका अध्यक्ष र सचिव पक्राउ परेका

संसद सचिवालयले टाँस्यो रवि लामिछानेको सांसद पद निलम्बनको सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ

ऋषिकेश पोखरेलको बचाउ गर्दै गोकुल बास्कोटाले भने-सभापति दोषी हुनुहुन्छ भन्ने तरिकाले व्यक्तिगत हमला नगरौँ

  काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई