राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न मन्त्रालयको परिपत्र



काठमाडौं । सरकारले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुलाई परिपत्र गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई कारबाहीका लागि केन्द्रले परिपत्र गरेको हो ।

शिक्षक राजनीतिक दलमा आवद्ध भएर पढाई भन्दा बढी राजनीतिक गरिरहेको भन्दै थप उजुरी निवेदनसमेत मन्त्रालयमा परेकाले यसको निरन्तर कारवाही गर्ने भन्दै बैशाख चार गते शिक्षामन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेको जानकारी गराउदैँ केन्द्रले उक्त निर्णय कार्यान्व्यन गराउन परिपत्रमार्फत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल-भारत सीमा समस्या केन्द्रबाट समाधान गर्नुपर्छः अध्यक्ष नेपाल

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा

प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण

सामान्य प्रशासन मन्त्रालयलाई पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या समाधानको पहल गर्ने जिम्मेवारी

  काठमाडौँ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक

पार्टी रुपान्तरणको थालनी सुरु भइसक्योः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना