लोग्नेस्वास्नीको आपसी सम्बोधन !



डा. गोविन्दशरण उपाध्याय ।
फरक संस्कृति, परम्परा र भाषामा लोग्नेस्वास्नी बीच एकआपसको संवादशैली फरक हुन सक्छ । एउटा जोडीले एकआपसमा गर्ने सम्बोधन अर्को जोडीका लागि अपाच्य हुन सक्छ । मांगी विवाह होस् वा प्रेम विवाह, विवाहपछि लोग्नेस्वास्नीले सार्वजनिक रूपमा एकआपसमा सम्वाद गर्दा आफ्नो धर्म, संस्कृति, परम्परा र पारिवारिक परिवेशको सम्मान गरेको पाइन्छ भने एकान्तमा फरक सम्बोधन हुन सक्छ । नेपाली समाजमा पांचतहका सम्वोधनहरू छन् : तँ, तिमी, तपाईं, हजुर र मौसुफ । अंग्रेजी पढेकाहरूका लागि थयग भन्दा पुग्छ भने नेपाली, हिन्दी, मैथिली, मगर, गुरुङ्, थारू भाषाहरूमा एकल सम्बोधनले पुग्दैन । मैले केही लोग्नेस्वास्नी भेटेको छु, जुन केवल आपसी सम्बोधनका कारण ‘सम्बन्ध’ विग्रेको थियो । लोग्नेले स्वास्नीलाई तँ भन्ने तर स्वास्नीलाई ‘तँ’ भनेको पटक्कै मन नपर्ने । स्वास्नीको इच्छाचाहिं लोग्नेले एकान्तमा तँ भने पनि सार्वजनिक ठाउं, छोराछोरी वा परिवारका अन्य सदस्यहरूका आगाडी ‘तिमी’ भन्दिए हुन्थ्यो हुन्थ्यो । धेरै पटक यो विषयलाई लिएर आपसी विवाद हुन्थ्यो ।

हाम्रा बा–हजुरबाका पुस्ताहरू एकआपसमा कुनै पनि सम्बोधन नगरी ‘ए, ओइ, कृष्णाकी आमा’ जस्ता सम्बोधनले काम चलाएर गए । तिनको जीवनमा पारचुकेको कुनै स्थान रहेन । कति लोग्नेहरूले स्वास्नीलाई ‘तँ’ भन्दै छन् वा तिमी भनिरहेका छन् । नेपाली समाजमा लोग्नेहरूले स्वास्नीहरूलाई तपाईं भनेको विरलै सुनिन्छ । यी सबै कुराहरू परम्परागत समाजको संस्कृतिले तय गरेको हो । लोग्नेस्वास्नी र लोग्नेस्वास्नी जुन समाज, संस्कृति तथा परिवेशमा छन्, त्यसैअनुसार सम्बोधन गर्दा वेस हुन्छ ।

त्यस्तै मैले एकजना ३२ वर्षीय युवकलाई भेटें जसले ५ वर्ष अगाडी प्रेम विवाह गरेका थिए । विवाहपूर्व लोग्नेस्वास्नी एकै कलेजमा पढ्थे । उनीहरूले आपसमा ‘तँ’ भनेर सम्बोधन गर्थे । विवाहपछि लोग्नेको परिवार र छिमेकीलाई ‘स्वास्नीले लोग्नेलाई तँ भनेको मन परेन । लोग्नेले स्वास्नीलाई तिमी भन्न थाले पनि स्वास्नीमा भने कुनै परिवर्तन आएन । लोग्नेले धेरै अनुरोध गरे तर ‘हामी लोग्नेस्वास्नी समान हौँ’ भन्दै स्वास्नीले सम्बोधन परिवर्तन गरिनन् । अन्ततः लोग्ने र स्वास्नी आफन्तहरूको भेलामा संगै जान छोडे ।

लोग्नेस्वास्नीका रुपमा को–कसले कस्तो सम्बोधन एकान्तमा गर्छ, त्यसले केही फरक पर्दैन तर लोग्ने होस् वा स्वास्नी समाज, संस्कृति, परम्पराअनुसारले स्थापित गरेको प्रतिमानअनुसार (कमसेकम परिवारका अन्य सदस्य वा सार्वजनिक सम्बोधन गर्दा) उपयुक्त सम्वोधन चयन गर्नु राम्रो हुन्छ ।

सम्बोधनले सम्बन्ध राम्रो हुन्छ भने अहंकारको पोको बोकेर ‘तँ नै भन्छु, तिमी नै भन्छु, तपाईं नै भन्छु वा हजुर नै भन्छु’ भन्दै जिद्दी गर्नुको कुनै औचित्य छैन । मुख्य कुरा, लोग्नेस्वास्नीका विचमा असल सम्बन्धमा ‘सम्बोधन’ वाधा बन्नु हुँदैन । यदि कसैलाई ‘तँ वा तिमी’ भनेर सम्बोधन गर्दा अपमानित भएको अनुभव हुन्छ भने त्यस्तो सम्बोधनसंग ‘सति’ जानु हुँदैन । यदि कसैलाई ‘हजुर, मौसुफ वा तिमी’ भन्दा होच्याएको अनुभव हुन्छ भने यी शब्दहरूको चयन छोडेको राम्रो । मुख्य कुरा, लोग्नेस्वास्नीको असल सम्बन्ध र गृहस्थीको हो । त्यसैले कुनै शब्द वा सम्बोधनलाई बाधक बन्न दिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन

‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल, काठमाडौं ।  के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान