ज्ञान, भक्ति र कर्मको साधना



डा. गोविन्दशरण उपाध्याय ।

(१) ज्ञान बन्धन मुक्ति र बन्धन दुवै हो । सूचनाहरूको सङ्ग्रह पनि ज्ञान नै हो । अनुभवहरूको सङ्ग्रह पनि ज्ञान नै हो । तर आत्मा र परमात्मा विचको सम्बन्धको जानकारी हुनु र विवेकयुक्त साधनाद्वारा संसारबाट मुक्तिको बाटो रोज्ने निर्णय गर्नु ज्ञान हो । भौतिक सूचनाको ज्ञान बन्धन हो । आत्मतत्वको ज्ञान मोक्ष हो ।

(२) भक्तिको अर्थ हो स्वेच्छाले आफ्नो ज्ञान र कर्म दूवैबाट प्राप्त हुने सामर्थ्यलाई भगवानमा समर्पण गर्नु । श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चना, बन्दना दास्य, सख्य र अनन्तः सम्पूर्ण पुरुषार्थ त्यागेर आफ्ना इष्टदेवमा समर्पित हुनु भक्ति हो । भक्तिको लक्षण अतिसय प्रेम हुन्छ र मानवले त्यो प्रेम नाम–संकीर्तन गरेर प्राप्त गर्छ ।

(३) कर्म मनुष्यका लागि प्राकृतिक बाध्यता हो । कुनै पनि मान्छे कर्म नगरी रहन सक्दैन । ज्ञानको अभ्यास होस् वा नवाधाभक्तिको साधना सबै कर्म नै हुन् । कर्म पुरुषार्थ हो । कर्म सक्रियताको अभ्यास हो । निष्काम कर्म मोक्ष हो । संचित, प्रारब्ध र क्रियमाण कर्महरूको को पूर्ण अवशान नै निष्काम कर्म हो । क्रियमाण कर्म केवल वैदिक आज्ञाको लागि कर्तव्यवस पालन गर्नु ‘निष्काम’ कर्म हुन्छ ।

(४) मनुष्यमा सतोगुण, रजोगुण र तमोगुणका विचमा निरन्तर सङ्घर्ष चलिरहन्छ । यसै मेरोमा व्यक्तिको जीवनमा कहिले ज्ञान, कहिले भक्ति र कहिले कर्मको बर्चश्व रहन्छ । ज्ञान होस् वा भक्ति वा कर्म नै किन नहोस् – गुणहरूको बर्चश्वअनुसार ज्ञान, भक्ति र कर्म फलित हुन्छन् ।

(५) कर्दमऋषिको ज्ञानले भगवान् कपिलको जन्मपछि संसारलाई त्याग्न लगायो । भक्तिले गृहस्थमा प्रवेश गर्ने विनम्रता दियो भने कर्मले कपिल भगवानलाई प्रकट गर्यो । सतोगुण युक्त ज्ञान, भक्ति र कर्मका प्रतिमान ऋषि कर्दम हुन् । ऋषिहरूमा यस्ता थुप्रै उदाहरण छन् ।

(६) गोपिहरूको जीवन चलायमान छ । कृष्ण नै परमतत्व हुन् – गोपी ज्ञान हो । नित्य, निरन्तर कृष्णको सम्झना भक्ति हो भने सधैं कृष्णको प्रसन्नताका लागि कर्म योः निष्काम कर्मको अभ्यास हो । लौकिक अर्थमा गोपीहरुको भक्तिमा रजोगुणको प्रतिमान छ । गोपीहरूलाई कृष्ण वाहेक अन्य कुनै विषयवस्तुको चासो छैन । गोपीको ज्ञान, भक्ति र कर्म सबै कृष्णका लागि हुन् । प्रेम र आनन्द वा मोक्ष पनि गोपीको लक्ष होइन । कृष्ण तन्मयता ज्ञान हो । कृष्ण चिन्तन भक्ति हो । कृष्णका लागि कर्म निष्काम कर्म हो ।

(७) रावण महाज्ञानी ज्ञानी थियो । उसको ज्ञान सूचनाहरूको सङ्ग्रह थियो । उसले शिव ताण्डव रहेर शिवको भक्ति गर्यो तर आफ्ना शिरहरूको आहुति दिएर कर्म प्रकट गर्यो । रावण तमोगुण युक्त ज्ञान, भक्ति र कर्मको त्रैध उदाहरण हो । रावणको लागि ज्ञान, भक्ति र कर्म सबै स्वार्थपूर्तिका साधन हुन् । उसले आफ्नो स्वार्थलाई साध्य मान्यो । यस्तो अवस्थामा ज्ञान “बन्धन“ हो ।

(८) ज्ञानको लक्ष मोक्ष हो । ज्ञानको गन्तव्य महानिर्वाण हो । ज्ञानको साध्य ब्रह्मैकत्त्व हो । ज्ञानीका लागि ज्ञान नै साधन हो । साध्य मोक्ष हो । भक्तिको लक्ष भगवान् को सामिप्यता प्राप्ति हो । भगवान् को नित्य सेवकत्वको प्राप्ति हो । स्वकीय र परकीय प्रेमको अभ्यास र कृपा प्राप्ति हो । कर्मको लक्ष निष्काम कर्मको अभ्यास हो र संचित, प्रारब्ध र क्रियमाण कर्मको चक्र निरोध हो । निष्काम कर्मद्वारा सकाम कर्मको विनाश हो । ज्ञानीहरू शान्त हुन्छन् । भक्तहरू चलायमान हुन्छन् र कर्मयोगीहरू निष्काम कर्मको अभ्यासमा अमृत प्राप्त गर्छन् ।

(९) तर कलियुगमा भने मनुष्यले ज्ञान र कर्म दूवैको अभ्यासमा त्रुटी गर्न सक्छ । त्यसैले कलियुगमा भगवानको नाम संकीर्तनलाई सबैभन्दा महत्व दिइएको छ । श्रीमद्भभागवतको अन्तिम अध्यायको अन्तिम श्लोकले ‘नाम संकीर्तनम् यस्य’ भन्दै ‘कलियुग केवल नाम आधारा’ कीर्तन गर्न अभिप्रेरित गरिएको छ । कीर्तन गर्नुको अर्थ ज्ञान र कर्मको अभ्यास नगर्नु वा कर्म र ज्ञान भक्तिभन्दा न्यून हो भन्न खोजिएको होइन । प्रत्येक ज्ञानी भक्त र कुशल कर्मयोगी पनि हो । भक्त आफैंमा कर्मयोगी तथा ज्ञानी पनि हो ।

(१०) भगवान् शंकराचार्य ज्ञान र भक्तियोगको प्रतिमान हुनुहुन्छ । आचार्य रामानुज भक्ति र ज्ञानको साधक हुनुहुन्छ । आचार्य निम्बार्क भक्ति, ज्ञान र कर्मको जीवन्त साधक हुनुहुन्छ । आचार्य मध्व र चैत्यन्य भक्ति, कर्म र ज्ञानका साधक हुनुहुन्छ । आचार्य शङ्करका लागि ज्ञान प्राथमिक लक्ष हो भने अन्य आचार्यहरूले भक्तिलाई प्राथमिक लक्ष बनाएका छन् । मीमांसकहरूले वैदिक कर्मयोगकोमा आफूलाई केन्द्रित गरेका छन् ।

(११) आफ्नो आचार्य परम्पराअनुसार ज्ञान, भक्ति तथा निष्काम कर्मको साधना गरेर मोक्ष प्राप्त गर्न सकिन्छ । ज्ञानी ठूलो कि भक्त वा कर्मयोगी ठूलो भन्ने विवादमा पर्नेहरू भन्दा आफ्नो आचार्य परम्पराअनुसार ज्ञान, भक्ति वा कर्मको साधना गर्नेहरूले आफ्नो लक्ष प्राप्त गर्छन् ।

(१२) आफ्नो व्यक्तित्व तथा परम्पराअनुसार मार्ग चयन गर्ने स्वतन्त्रता हरेक मान्छेले प्राप्त गरेको छ । लक्ष निर्धारित गर्ने कि निर्धारित लक्षमा समाहित भएर साधना गर्ने ? तपाईं आफैले निर्णय गर्नुपर्छ ।
स्वस्त्यस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन

‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल, काठमाडौं ।  के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान