एकपटक विचार गरौँ त ?



डा. गोविन्दशरण उपाध्याय ।
मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा राजाहरू परिवर्तन हुन्छन् । प्रत्येक प्रान्तमा एउटा राजा छन् । मलेशियाको मुरुगन मन्दिर विश्व प्रसिद्ध छ । त्यो मन्दिर दर्शन गर्न विश्वभरिका हिन्दू तथा गैर–हिन्दू पर्यटकहरू आउँछन् । यसबाट मलेसियाले मनग्गे राजश्व प्राप्त गर्छ ।

अर्को मुस्लिम राष्ट्र होः इन्डोनेसिया । त्यहाँ पनि प्राचीन मन्दिरहरूको गतिलो गरी संरक्षण गरिएको छ । यहाँसम्म कि अनेकौं हिन्दू विश्वसम्पदा इन्डोनेसियामा छन् । त्यहाँको बालिप्रान्त हिन्दू बहुल छ । विश्वभरीका पर्यटकहरू हिन्दू मौलिकता हेर्न, बुझ्न र दर्शन गर्न बाली आउँछन् । त्यहाँको मुस्लिम समुदायले समेत हिन्दू पर्यटनलाई सघाउँछन् । इन्डोनेसियाले बालीबाट आफ्नो सम्पूर्ण राजश्वको ४.२% कमाई गर्छ ।

एकेश्वरवादको (इस्लाम)को अनुयायी अवुधाविले हिन्दू मन्दिर निर्माण गरेर करोडौं भारतीय हिन्दु पर्यटक भित्राएर डलर कमाउंदै छ, नेपाली राजनीतिज्ञहरू धर्मनिरपेक्षताको विदेशी जालमा फंसेर विश्वको प्राचीनतम हिन्दु–संस्कृतिको जरो काट्दै विकसित हुने सपना देख्दैछन् । नेपालको प्रमुख पहिचान हिन्दू, जैन तथा बौद्ध पर्यटन हो । नेपाली धर्मनिरपेक्षताको पर्यटनका लागि ‘माखो’ पनि आउने छैन !!

आजको पाकिस्तान पनि बदलिदै छ । त्यहाँका प्राचीन हिन्दू मन्दिरहरूको सरकारीस्तरबाट जीर्णोद्धार हुँदैछ । बंगलादेशले हजारौं मन्दिरहरूको जीर्णोद्धार गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हिन्दू अर्थतन्त्र’को संभवनाको प्रसस्त लाभ प्राप्त गरिरहेका छन् । भारतीय अर्थतन्त्र बलियो हुनुमा नरेन्द्र मोदीको हिन्दू छवि हो । हिन्दूत्वको कुरा गर्दैमा मुस्लिम, इसाई राष्ट्रहरूसंग नराम्रो हुने भए भारतीय प्रमको छविनै प्रयाप्त थियो । साउदीले मक्काको पर्यटन गराउन हुन्छ भने नेपालले ‘हुँदैन, हामी धर्मनिरपेक्षतावादी हौँ’ ढोंगबाट वाहिर निस्कनु पर्छ । नीति र व्यबहारमा कुनै पनि नेपाली नागरिक होस् वा विदेशी, भेदभाव भएको अनुभव गर्न दिनु हुँदैन । स्वधर्म र संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने अधिकार सबै राष्ट्रहरूलाई छ ।

नेपालको आफ्नो मौलिक पहिचान हिन्दू संस्कृति र हिन्दू, जैन तथा बौद्ध संस्कृतिहरूले सृजेको सभ्यता नै हो । मन्दिरको शहर उपत्यका र देवताको निवासस्थल नेपाललाई ‘सनातन धर्मको पर्यटनस्थल’का रूपमा विकसित गर्ने नीति लिने हो भने सरकारले कुनै पनि वैश्विक साहुसंग (विश्व ब्यांक, अमेरिका, जापानआदि) संग ऋण, दान, अनुदान केही पनि लिनु पर्दैन । राजनैतिक रूपमा समाजवादी, साम्यवादी, हिन्दूवादी, बौद्धवादी, जातिवादी जोजसले सरकारको नेतृत्व गरे पनि विश्वभरीका हिन्दूबौद्धहरूको तीर्थयात्राको संस्कृति सजिलैसंग नेपाल भित्रिने छ । लुम्बिनी विमानस्थलले ‘बुद्ध जन्मेको’ र पोखरा विमानस्थलले मुक्तिनाथको पर्यटनमा भारतले सहमति नदिनुमा पनि “तीर्थयात्रा“ संस्कृतिको मुख नेपालतिर फर्कन सक्ने डर हो कि ? बरू तेता सम्बाद बढाउनु उचित हुन्छ ।

अझैं पनि राजनैतिक दूरदर्शिताको बाटो अवलम्बन गरौँ । कम्युनिस्ट, समाजवाद, लोकतन्त्र, गणतन्त्र जे–जस्तो राजनैतिक व्यबस्था आए पनि देशको विकासका लागि पैसा चाहिन्छ र त्यो पैसा नेपालले हिन्दू–बौद्ध पर्यटनको दीगो व्यबस्था गरेर कमाउन सक्छ । नेपाली राजनैतिक दलहरूले श्रीखण्ड चिन्न सकेका छैनन् । धर्मनिरपेक्षता नामको ‘खुर्पा’को बिण समातेर बसिरहेका छन् । यदि देश समृद्ध हुन्छ, जनता सुखी हुन्छन् भने मलेशीया, इन्डोनेसिया र अबुधावी हिन्दूहरूको बाटो हिँड्न सक्छन् भने नेपाल त प्राकृतिक रूपमा हिन्दू संस्कृति र सभ्यताको मूल थलो हो ।

सबैले आफुलाई मन परेको राजनीति गरौँ । प्रधानमन्त्री, मुख्यमन्त्री, मेयरहरू बनाऔं । यदि सबै राजनैतिकदलहरूको साझा नीति ‘धार्मिक पर्यटन’का सवालमा एकमत हुने हो भने रेमिट्यान्सपछि सबैभन्दा ठूलो आम्दानीको स्रोत धार्मिक पर्यटन बन्ने छ । कालिगण्डकीको एक बोतल पानी र एक चिम्टी बालुवा आफ्नो घरमा लैजान विश्वभरिका हिन्दूहरूले आस्था, भक्ति र श्रद्धाले जुनसुकै मूल्य चुकाउन तयार हुने छन् । लुम्बिनी (कपिलवस्तुको) मार्केटिंग गर्दा निजी होस् वा सरकारी दुवैस्तरमा पशुपति, मुक्तिनाथ, पाथिभरा र त्रिपुरासुन्दरीको पनि विज्ञापन गरिनु पर्छ । नेपालका बुद्धिमानहरू संसदमा पुगेका छन्, यो ‘अर्थविज्ञान’का विषयमा पनि वहस गर्नुपर्छ ।

ढोंगबाट वाहिर निस्केर नेपालको बस्तुस्थितिमा काम गरौँ । भूईमा वसेर मोदीले मुक्तिनाथको आराधना गर्दा उनको मानसम्मान कम भएको छैन । कुर्सीमा बसेर आराधना गर्दैमा हाम्रा महामहिमको कद बढेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन

‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

प्रगति ढकाल, काठमाडौं ।  के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान