प्रचण्डका सबैभन्दा भरपर्दा सहयोगी महरा कसरी परे सुनकाण्डमा ?



ऋषि कट्टेल ।
महरा गिरफ्तार भएका छन् । उनी महरामात्र हैनन् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् । जुन समय महरालाई सुनकाण्डमा कारबाहीको लागि सीआईबी तयार थियो, त्यसलाई दबाउने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी थिए । यो प्रश्न नारायणकाजीसँग गम्भीर रुपमा जोडिनु पर्दछ । महराको गिरफ्तारीपछि नारायणकाजीलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार छैन ।

अर्को पनि संगीन प्रश्न उठेको छ महरा प्रचण्डका सबैभन्दा भरपर्दा सहयोगी हुन् । प्रचण्डको निर्देशन वेगर उनले केही गर्दैनन् भन्ने आम माओवादीको धारणा छ । के सुन तस्करीमा दाहालको हात थिएन त ? यो चिन्तनको विषय हो । महरा माओवादी पार्टी फुटेदेखिनै छटपटीमा थिए । उनी पनि त्यो बेला फुटन चाहन्थे । तर उनी दाहालको षड्यन्त्रमा यसरी फँसेका थिए की उनी त्यहाँबाट निस्कने बित्तिकै दाहालको शिकार भइहाल्थे ।

महराको गिरफ्तारीपछि मलाई एउटा पुरानो कुरा सम्झना आयो जुन याहाँ उल्लेख गर्नु सान्दर्भिक हुने ठानेको छु । माओवादी पार्टी फुटपछि क्रान्तिकारी माओवादीसँग मेरो सम्वन्ध निकै थियो । वैद्यजी र म स्वयं उपस्थित बैठकले पार्टी एकता गर्ने निर्णय गरेका थियौं । यद्यपी त्यो काम अहिलेसम्म सम्पन्न भएको छैन । त्यसबेला क्रान्तिकारी माओवादीका एकजना शीर्ष नेता (जो अहिले माओवादी केन्द्रमानै छन्) सँग अन्तरंग कुरा हुँदा उनले महराको विषय पनि उठाए । महरा भन्थे अरे आफूपनि माओवादी केन्द्रमा बस्न मन छैन । तर के गरुँ बाध्य छु । दाहालको निर्देशनमा हुने नहुने सबै काम गरियो । छोडेर जाम भने दाहालले मलाई जेल हाल्छ । आज नभन्दै दाहालले महरालाई जेल हाले ।

महराको गिरफ्तारीले दाहाल महरा सम्बन्ध चिसिएको संकेत गर्दछ । मानिसहरु अचेल के सुनाउँथे भने अब दाहालको नेतृत्वमा माओवादी केन्द्र चल्दैन । विकल्प खोज्नु पर्दछ र विकल्प नेता विप्लवलाई बनाउने काममा महरा लागेका थिए भनिन्छ । समाजवादी मोर्चा माओवादी केन्द्र विप्लव एकता प्रयोजनको लागि बनेको पनि हो । महराजीको राजनीतिक जीवन त हिजै सकिएकै थियो । अब त झनै केही वाँकी रहेन । तपाईंलाई बलीको  बोको वनाएर आफू सधैं पानी माथिको ओभानो बन्ने दाहालको धुत्याईंलाई पनि महराले सार्वजनिक गर्नैपर्दछ । महरासँग केवल सुन मात्र छैन क्यन्टनमेन्ट घोटालादेखि एनसेललगायत यावत प्रकरण जोडिका छन् । जससँग दाहालको प्रत्यक्ष संलग्नता छ । सीआईबीले राज्यले निर्वाह गर्नुपर्ने भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी