हामी लोग्नेस्वास्नी !



डा. गोविन्दशरण उपाध्याय ।
जब मैले लोग्नेस्वास्नीको सम्बन्धको विषयमा लेख्छु, दूईप्रकारका प्रतिक्रिया आउँछन् । पहिलो ‘लोग्नेस्वास्नी’ शब्द अमर्यातित भयो । दोश्रो, तपाईं दम्पति विच झगडा त भएन ? मेरो उत्तर हो “पश्चिमाहरूले भनेको भरमा जनजीब्रोको शब्द ‘लोग्नेस्वास्नी’लाई खराव मान्नु अर्काको निर्णय बोकेर हिड्नु हो । लोग्नेस्वास्नी नेपालीको ‘जनबोली’ हो । श्रीमान् त न्यायालयका न्यायाधीश पनि हुन्छन् । श्रीमती जुनसुकै महिलाको मान लेख्दा सम्मान व्यक्त गर्न प्रयोग हुन्छ । ‘लोग्नेस्वास्नी’ दुईअर्थी छैन । त्यसैले निर्धक्कसंग “लोग्नेस्वास्नी“ शब्दको प्रयोग गर्नुपर्छ ।

दोश्रो, म पनि सामान्य मान्छे हुँ । अन्य लाखौं मान्छेसरह सामान्य जीवन जिउँछु । म र मेरी स्वास्नी फरकफरक व्यक्ति हौँ । स्वाभाविक रूपमा आफ्नो लोग्नेका सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन । कहिलेकाहीं ठ्याकठुक पर्छ । अति हुँदा एकदुई घण्टा बोलचाल पनि बन्द हुन्छ । तर कि मैले कि उनले पानी सरल बनेर कुराको थालनी गर्छौं । कुरा मिल्छ । म आफ्नी स्वास्नीलाई धन्यवाद दिन्छु कि उनले मलाई अरूको कुरा सुन्न र अरुको परिवेशमा कुरा बुझ्न अभिप्रेरित गर्छिन् ।

म ‘लोग्नेस्वास्नी’ सम्बन्धका विषयमा लेख्छु । सरी लेख्नुका तीनवटा उद्देश्य छन् । पहिलो, हाम्रो समाजका लोग्नेस्वास्नीहरू एकआपसमा विपरित ध्रुवका दुई चुम्बकसरह अत्याधिक कष्ट (मिल्ती नभएर) सहेर बस्छन् तर समाजबाट कष्ट निवारणका लागि कुनै सहयोग लिंदैनन् । पतिपत्नीका रूपमा सधैं एउटा छतमुनि बसेर पनि एकआपसमा शत्रुतापूर्ण सम्बन्ध भएका, आफुप्रति भैरहेको अन्याय सहेर कष्टपूर्ण जीवन विताइरहेका, अपहेलनामा पारिएका तथा शारीरिक, मानसिक हिंसामा परिरहेका “लोग्नेस्वास्नी“लाई सहयोग प्राप्त गर्न उत्प्रेरित गर्नु हो ।

दोश्रो, रोमान्टिक र व्यावहारिक जीवन फरक हुन्छ । व्याबहारिक जीवनको पाटोको तुलनामा रोमान्टिक पाटो थोरै हुन्छ । यस्तो अवस्थामा, पारिवारिक झमेलामा अल्झिन्दै जाँदा लोग्नेस्वास्नीहरूले आफ्नो व्यक्तिगत भावना, प्रेम, सम्बन्ध विग्रेको थाहा नै पाउंदैनन् । अरूका लागि खट्दाखट्दा लोग्नेले स्वास्नीको, स्वास्नीले लोग्नेको महत्व नै बिर्सिन्छन् । यस्तो अवस्थामा, मेरो लेखले हरेक लोग्नेस्वास्नीलाई “आफ्नो शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य तथा भावनाका लागि समय निकाल्न र आफ्नो ख्याल राख्न प्रेरित गर्छ ।

तेस्रो, पाका उमेरका लोग्नेस्वास्नी होउन अथवा भर्खर विवाह गरेका लोग्नेस्वास्नी नै किन नहोउन्, अधिकांश आपसी सम्बन्धहरू विग्रने कारणहरू हुन्छन् । उदाहरणका लागि लोग्नेस्वास्नीका बीचमा ठीकठीक संवाद तथा संचार गर्ने सीप – Communication skill)छ भने एकआपसी सम्बन्ध बलियो र उदाहरण योग्य हुन्छ । हरेक लोग्नेस्वास्नीले एकआपसमा बोल्ने, एकआपसका समस्याहरू वारे छलफल गर्ने, समायोजन गर्न सकिने र नसकिने विषयहरूमा जानकारी लिने, एकआपसका कुराहरू ध्यान दिएर सुन्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा तालमेल राख्न के कस्ता व्यबहार छोड्नु पर्छ र के कस्ता व्यबहार सिक्नुपर्छ भन्ने जानकारी राख्ने र दम्पतिका रूपमा घरव्यबहारमा आफ्नो भूमिका ठीकठीक तवरले निर्वहन गर्न जान्दा लोग्नेस्वास्नीको सम्बन्ध राम्रो हुन्छ ।

आपसी व्यवहारका धेरै कुराहरू लोग्नेस्वास्नीले आफै जानेका हुन्छन् । मैले आफ्ना लेखहरूका माध्यमबाट जानेका –ससाना कुराहरूलाई दैनिक जीवनमा उपयोग गरेर कसरी एकआपसमा सुखी र खुसी हुन सकिन्छ भन्ने दिशाबोध गर्ने प्रयत्न गर्छु । लोग्नेस्वास्नीको जीवन सिनेमाका हिरोहिरोइनजस्तो आदर्श हुँदैन । तर त्यो भन्दा पनि धेरै आदर्शमय हुन्छ । यस्तो आदर्शमा जिउन जानेका लोग्नेस्वास्नी साच्चिकै सुखी हुन्छन् । धनले म्याटर अवश्य गर्छ तर एकआपसमा विश्वास गर्ने, एकआपसमा खुलस्त कुरा गर्ने, लोग्नेस्वास्नी भएर यौनव्यवहारका सवालमा सधैं ‘पतिपत्नीब्रता’ रहने र एकआपसमा सम्मान गर्ने लोग्नेस्वास्नीहरू सधैं खुसी हुन्छन् ।

विवाह गरेर दाम्पत्य जीवन स्वीकार गरिसकेपछि लोग्ने होस् वा स्वास्नी दुवैले धेरै थोक छोड्नुपर्ने पर्ने हुन्छ, धेरै थोक अपनाउनु पर्ने हुन्छ । एकआपसमा विश्वास गर्ने, प्रेम गर्ने, एकअर्काको लागि त्याग गर्ने लोग्नेस्वास्नीले आफ्नो संसारलाई स्वर्ग बनाउँछन् । तर आफ्नो स्वार्थमा एक्लै हिड्ने, धनको, विद्याको, पदको तथा कुलको घमण्ड देखाएर आफ्नो लोग्ने वा स्वास्नीलाई होच्याउने, अपमान गर्ने र ‘देखाइदिने’ भन्दै मल्टीपल पार्टनरशीपको अभ्यास गर्नेहरूको जीवन नर्क हुन्छ । ठूलाठूला घरमा बसेर, महङ्गा गाडी चढेर, धेरै सेक्सपार्टनरहरू बनाएर, महङ्गा रक्सी खाएर, महङ्गा लुगा लाएर तथा मपाई भनेर कुनै पनि खुसी हुन सक्दैन । राजनीति, धर्म, संस्कृति तथा परम्पराको आडम्बर भन्दा पनि प्राकृतिक रूपमा प्राप्त प्रेम र विश्वासका सवालमा लोग्नेस्वास्नीको सम्बन्ध बलियो हुन्छ ।

यदि लोग्नेस्वास्नीको सम्बन्ध विग्रिसकेको छ भने लोग्ने वा स्वास्नीले एक्लै सम्बन्ध सुधार्ने प्रयत्न गरेर हुँदैन । लोग्ने वा स्वास्नीमा पनि असल सम्बन्ध कायम गर्ने भित्री इच्छा र प्रयत्न हुनुपर्छ । विश्वका हरेक लोग्नेस्वास्नी प्रकृतिका सुन्दरतम वरदान हुन् । जानाजानी वा नजानेर विग्रिएको ‘लोग्नेस्वास्नी’को सम्बन्ध प्रयत्न गर्ने हो भने सजिलै सप्रन सक्छ । यसका लागि लोग्ने र स्वास्नी दूवैले आफूभित्र रहेको ‘इगो’ छोड्नु पर्छ । मित्रतापूर्ण र सम्मानजनक सम्बन्धका लागि ‘लोग्नेले क्षमा मागोस् वा स्वास्नीले क्षमा मागोस्’ पर्खिनु पर्दैन । जसले सम्बन्ध सुधार्ने नेतृत्व लिन्छ, त्यही नै महान् हुन्छ । लोग्नेस्वास्नीको सम्बन्ध हारजितको युद्ध होइन, दुई मित्र, प्रेमी तथा मायालुहरूको पुनर्मिलन हो ।

अन्तिममा, लोग्नेस्वास्नी भन्दा मिल्ने र विश्वासिलो साथी अर्को हुनै सक्दैन । एकआपसमा विश्वासघात नगर्ने लोग्नेस्वास्नी नै विश्वका असली गहना हुन् । यदि लोग्नेबाट स्वास्नीको र स्वास्नीबाट लोग्नेको जीवननै धरापमा पर्ने अवस्था छ भने त्यस्तो सम्बन्ध जोगाउनतिर लाग्नु हुँदैन । तर यदि लोग्नेस्वास्नीका समस्याहरू एकआपसी संवादहिनता तथा ‘कुरा–सुनेर’ उत्पन्न भएका हुन् भने मिल्नुपर्छ । यदि आफै मिल्न नसक्ने अवस्था छ भने विज्ञबाट सहयोग प्राप्त गर्नुपर्छ । खासगरी, वैदिक संस्कृतिमा ‘पारचुके’को कुनै अवधारणा नभएको हुँदा हरेक लोग्ने र स्वास्नीको एकआपसी व्यबहार सप्तपदिमा दिएका बचनमा केन्द्रीत हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा

माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी

दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली