आर्थिक मन्दीकाबारेमा किन मौन छ संसद ?



डा. युवराज संग्रौला ।
पूर्वी नेपालका समस्याहरुले राष्ट्रको बारेमा गम्भीर बनाएको छ, म जस्ता देशभक्तहरुलाई, जो राजनीतिका नाममा भाँडभैलोको बिरोध गर्छन् र राजनीतिलाई चटक ठान्दैनन् । यी समस्याले राष्ट्रको ‘भोलि’ सुरक्षित छैन भन्ने देखाउँछन् ।

१. आर्थिक मन्दीले जनताको जीवन समग्र प्रभावित छ। भाडामा चलेका दुकान, होटल, रेस्टुरेन्ट र ससाना उद्यम चलाएका स्वोरोजगारहरु विस्थापित हुँदैछन् । यस्तो संकटको अवस्थामा ‘तपाईं राजनीतिक दलहरुले सत्ताका लागी गरेका राजनीतिप्रति आमजनता असन्तुष्ट मात्र होइन क्रोधित छन् ।’ यो मन्दीलाई सम्बोधन गर्ने कुनै उपायका बारेमा तपाईंहरुको संभ्रान्त क्लव संसदले किन छलफल नगरेको होला ? तपाईंहरु त जुहारीमा समय बिताइरहनुभएको छ।

२. झापा, मोरङ्ग, सुन्सरी र इलामका शहर र बस्तीसम्म लागूऔषधले पुरै ग्रस्त पारेको छ। दुःख लाग्यो देख्दा, बाबुछोरा दुबै दुर्ब्यसनी छन्, एकै घरमा । कुनाकुनामा यो समस्या पुगेको छ। केही युवाहरुको आँकलनमा यो समस्याबाट २५% परिवार प्रत्यक्ष प्रभावित भएका छन् । सासंदज्यूहरुले यो समस्या समाधान गर्न के गर्नुभयो ? के लोकतन्त्रको भविष्यप्रति चिन्तित हुन्हुन्छ ?

३. जग्गा बेच्यो र कामगर्न विदेश गयो । कमाएर ल्यायो थोरै, र प्लटिङ्गको जग्गा किन्यो । फेरि काम गर्न गयो । छोराछोरी निजी स्कुलमा छन् । श्रीमतीले लघुवित्तको ऋृण लिएर उद्यम गर्न खोजिन् । ब्याजले त्यही प्लटिङ्गको जमिन पनि उड्यो । यस्तो लुटतन्त्रलाई लोकतन्त्र भन्दै कसैलाई भोटहाल्नु पर्ने र माननीय भन्नुपर्ने अवस्थामा आज देशलाई तपाईंहरुले पुर्याउनु भयो ।

४. सार्वजनिक स्कुल लथालिङ्ग छन् । स्कुलका बुढा प्रधानाध्यापकले वडध्यक्षको हप्की खानुपर्छ । सबै सार्वजनिक संस्थाहरु मासिए । सडकमा जताततै पिच त लाग्यो, खेत रोप्ने जग्गामा सिमेन्ट र फलाम रोपेर घर त बने । तर ती घरमा दुईजना बुढाबुढी मान्छेमात्र छन् । खेत बाँझो छ। घरमा विवाहा हुँदैन । पार्टी प्यालेसमा हजारलाई खुवाउनुपर्छ । दाइजो अनिवार्य भयो । हल्दी र मेन्दीका रसमले हामो सामाजिक संस्कृति समाप्त पार्यो । गाउँ गाउँमा चर्च बेनेका छन् । हिन्दूबाबु र छोरा कृश्चियनका बीचमा युद्ध चलेको छ। यी सबै सामाजिक समस्याको दवाइ छ यो कथित लोकतन्त्रसँग ?

५. मानिसको जीवन व्यापारी अस्पतालको बजार बनेको छ । दुर्गा प्रसाईंको अस्पतालले मेडिकल कलेजको मान्यता पाएन । दिन्छु भनेर सबै नेताले फाइदा लिए । उनी पनि कलेज र राजनीतिको मालिक बन्ने सपनामा लठ्ठिए । तर उनले झापामा राम्रो अस्पताल त ल्याए। र उनलाइ खेद्नु पर्ने कारण त छैन । एक जना डाक्टर सापका हड्तालले एउटा “अजिङ्गर संस्था जन्मायो–चिकित्सा शिक्षा आयोग । यसले कलेज खोल्न पनि दिँदैन, आफू पनि खोल्दैन। अनि विद्यार्थी सबै सिमाना पारी । यसलई पनि लोकतन्त्र नै भन्ने हो ?

६. बाटाका छेउमा लकडी कुहिएका छन्, जताततै । खात लगाएर राखिएका छन् । जंगलमा रुख सुकेका छन्, लडेका छ्न । तर मलेसियाबाट काठ आयात हुन्छ । गाउँ गाउँमा फर्निचर उद्योग चल्न सक्छ तर कर तिर्दा तिर्दै ऋृणमा डुब्नुपर्ने अवस्था छ। झापाका चिया बगान लिलाम गरिए । एउटा व्यापारीले मुनाफा गरिरहेको छ । बगानको संरक्षणमा कुनै लगानी गर्दैन। बगान मासिँदैछन् । एक जमानामा गौरव ठानिएको इलाम चिया बगान आज भुतवन बनेको छ । यही हो लोकतन्त्र ?

७. नागरिकमाथि करको बोझ लादेर राज्य र राजनीति दल एसआराम गरिरहेका छन् । मानौ, एउटा प्राध्यापक रु ७०,००० तलव पाउँछ । उसको जीवन बाँच्ने श्रोत यही हो । उसले ७० हजारमा १५% आयकर तिर्छ । उसले परीवार पाल्न चामल दाल किन्छ र १३% भ्याट तिर्छ। अर्थात् उसले आधा तलब आफ्नो लागि र बाँकी करबाट राज्यलाई तिर्छ । यही हो लोकतन्त्र?

यी लाक्षणिक समस्या हुन् । जनताको जीवन नर्क बनाएर यो आयातित लोकतन्त्र बाँचेको छ। शासन गर्ने राजनीति दलहरूसँग् कुनै विचार छैन। केवल सत्ताको लडाइँछ। कमिसन र भ्रष्टाचारको खेल छ। अर्थतन्त्र सोरिएर एक दर्जन व्यापारी र नेताको नियन्त्रणमा पुगेको छ। गरीबले तिरेको करमा राज्य चलेको छ। महंगा गाडी चलेका छन् । राज्य कर्पोरेट भ्रष्टाचारको चंगुलमा छ। झापा मोरङ्गमा नेपाली जनताले कमाउने उत्पादन उद्योग छैनन् । तर पाँच तारे होटल थुप्रै भएछन् । एक जना किसान भन्छन्, ‘यही होटलमा ठूला नेताहरू बस्नुहुन्छ।’ लुटतन्त्र वा केल्पटोक्रेसी यही होइन र?

८. केही संकथनहरु यस लुटतन्त्रले निर्माण गरेको रहेछ ।

क. राजनीतिमा स्थाइ मित्रु शत्रु हुंदैन।

ख. युवा आए भने अहिलेको विकल्प हो ।

ग. नेताले सेलिब्रेटी हुनुपर्छ ।

घ. राम्रो नेता हुन हार्वर्ड पढेको हुनुपर्छ।

ङ. विकास भनेको अग्लो भवन र पिच बाटो हो।

९. यिनै संकथनले नेपालको बिसर्जन गर्नेछन् एकदिन, यदि
क. राज्य व्यवस्थाको संचालन गर्ने ‘प्रायोजनिक (प्राग्मेटिक) विचारबाट राजनीति, विकास र राष्ट्रिय सुरक्षा निर्देशित भएन भने।’

ख. ‘राज्यले उत्पादन, औद्योगिकरण र व्यापारको उन्नयनमा केन्द्रीय भूमिका खेलेन भने।’

ग. ‘शिक्षा, स्वास्थ, र सामाजिक सुरक्षामा राज्यले दायित्व बोकी लोकतन्त्रलाई सामाजिक नागरिकतन्त्रमा रूपान्तरण गरेन भने।’

घ. ‘निजी र सहकारी अर्थतन्त्रलाई सार्वजनिक अर्थतन्त्रले नेतृत्व गरेन भने।’ र

ङ. ‘शिक्षित नागरिकले आफ्नै स्वार्थको घेरा देशका समस्या देखेनन भने।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, सहकारी बोर्ड खारेज

काठमाडौं । सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले

गण्डकी प्रदेशसभाकी पूर्वसदस्य मीना गुरुङ पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ पक्राउ परेकी

आगामी माघ ४ गतेभित्र सहकारी समस्या समाधानका प्रगति विवरण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

  काठमाडौं । सर्वोच्च अदालतले सहकारीका समस्याहरू समाधान गर्न नेपाल सरकारका विभिन्न निकाय

कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउने तयारी

काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउन र कुनै एक कम्पनीको नाम