सीपमा अतिक्रमण



डा. गोविन्दशरण उपाध्याय ।
आज भोली देशकै मौलिक शैलीका मन्दिर निर्माण गर्न छोडेर गुजराती तथा दक्षिण भारतीय शैलीका मन्दिरहरूको निर्माण बढेको छ र ती मन्दिरमा स्थापित हुने मूर्ति पनि त्यतैको शैलीमा निर्माण भएका हुन्छन् । नेपाली मौलिक निर्माणकलाका लागि यो शुभ सङ्केत होइन ।
यसै प्रकारको अतिक्रमण गुम्वा र चैत्यमा पनि प्रष्टसँग देख्न सकिन्छ । कतिपय ठाउँमा त झन् अपरम्परागत बुद्धिष्टहरूले मन्दिरको मौलिक स्वरूप नै छोपिने गरी धार्मिकस्थलहरूमा अतिक्रम गरेका छन् । नेपाली शैलीका बौद्ध गुम्बा, चैत्य तथा विहारहरूमा माला तथा चन्दनको प्रयोग हुन्छ तर अपरम्परागत बुद्धिष्टहरूले पूजास्थलमा प्रसाद, फूल, चन्दन चढाउँन रोकेका हुन्छन् ।

जुनसुकै मन्दिर वा चैत्यहरू निर्माण गर्दा नेपाली शैली र नेपाली कलाको प्रयोग गर्नु उचित हुन्छ । नेपाली स्थापत्य संस्कृतिमा पश्चिमा शैलीको अतिक्रमण हुँदा नेपालको मौलिक सीप र कलाप्रयोग गरेर निर्माण भएका ‘घर’हरू लोपोन्मुख भएका छन् । यदि मन्दिर र गुम्वा वा चैत्य निर्माण र त्यसमा स्थापित गरिने मूर्तिहरू पनि विदेशी शैली र कालिगढ़बाट निर्माण गराइने हो भने नेपालको आफ्नो मौलिक शैली गुम्ने छ ।
दक्षिण भारतीय स्थापत्य कला अनुपम छ, उत्कृष्ट छ । यसै गरी उत्तरभारतीय र बंग स्थापत्य कला पनि बेजोड छ । आसामतिरका कलाहरू पनि वैदिक संस्कृतिका महत्वपूर्ण गौरव हुन् । त्यसरी नै नेपालमा प्रचलित नेपाली स्थापत्यकला नेपाल र नेपालीका लागि गौरवका विषय हुन् । नेपालमा दक्षिण भारतीय मन्दिरहरू बन्नु, ती मन्दिरहरूमा दक्षिण भारतीय शैलीकै मूर्ति स्थापित गर्नु, उत्तर भारतीय शैलीका मन्दिर बन्नु ती मन्दिरमा उत्तरभारतीय शैलीकै मूर्ति स्थापित हुनु र तिब्बतेली शैलीका गुम्बाहरूले मुक्तिनाथको मौलिक बौद्ध स्थापत्यकलालाई ओझेलमा पार्नु नेपालीका लागि सुखद हुँदैन ।

बरू, अनुयायीहरूले नेपाली शैली मै मन्दिर तथा गुम्वाहरू निर्माण गरे, सम्बन्धित ठाउँका समुदायलाई पनि नयाँ अभिप्रेरणा मिल्ने छ । दक्षिण भारतीयहरूले भगवान् लक्ष्मी नारायण, राधाकृष्ण तथा अन्य देवदेवीहरूको आराधना नेपाली शैलीको मन्दिरमा र नेपाली शैली कै प्रतिमामा भएको गरेको देख्दा अझैं आनन्द आउने छ । यसको अर्थ, अन्य शैलीमा निर्माणकार्य हुनैहुँदैन भन्ने होइन । चर्च र मस्जिदको कुरा नगरौं । ती पूर्णतया सात समुद्र टाढाबाट नेपाली संस्कृति र धर्मलाई नष्ट गर्न नै प्रायोजित हुन् । ती पन्थ र पन्थका अनुयायीहरूसंग यस्तो कुरा राख्नु ‘भैसीका अगाडी मुरली बजाउनु’ हुन्छ । तर वैदिक संस्कृतिका विनम्र अनुयायी र बौद्ध–जैन समुदायसंग मनको कुरा साटासाट गर्नु नपर्ने कुनै कारण देखिन्न ।

ज्ञानगुणका कुराहरू विश्वबाट लिनुपर्छ तर सीपचाहिं आफ्नै प्रयोग गर्नु उचित हुन्छ । स्थानीय जनप्रतिनिधि, जनता तथा गुरूहरूले यस विषयमा पनि गम्भीर भएर समीक्षा गर्नु आवश्यक छ । यो वैदिक संस्कृति र परम्पराको विरोध नभएर नेपालको मौलिकता जोगाउनु पर्ने अनिवार्यताको चिन्ता हो । विनम्रतापूर्वक पक्ष र विपक्षमा आ–आफ्ना तर्कहरू राख अनुरोध गर्छु । अभद्र र अर्कालाई अपमानित गर्ने नियतले टिप्पणी गर्ने टिप्पणीकारहरूले सम्मान गुमाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते

कोशीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ

एमसीसीको चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डियालाई

काठमाडौँ । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ