अनि यो ‘लुटतन्त्र’ नेपाली जनताको समृद्धिको बाधक बन्यो
डा. युवराज संग्रौला ।
कग्निटिभ डिस्ट्रक्सन (दिमागी बिमर्श बिसर्जन) भएपछि, मानिस यान्त्रिक स्वचालन (अटोमेसन)को अवस्थामा पुग्दो रहेछ। तब के हुन्छ ?
१. मानिसमा वरिपरिको यथार्थतानै त्रासको श्रोत बन्न पुग्छ । मानिस यस्तो अवस्थामा ‘वरिपरिको यथार्थबाट भाग्छ।’ यो सुतुर्मुगी प्रवृत्ति हो ।
२. जब सत्यबाट मानिस निमुख हुन्छ, उसले यथार्थलाई विश्लेषण गर्दैन, अथाह भ्रम (फालेसी)को आश्रय लिन्छ । उ आकाशमा उड्छ, र ‘अचेतस्वप्न'(युटोपिया)को दास बन्छ।
३. यथार्थबाट भड्किएको मानिस अतृप्ति स्वार्थको दास हुन्छ र अरुको लुट्न लिप्त हुन्छ।
४. यथार्थबाट भड्किएको मानिसले ताकतको खोजी गर्छ, र त्यो ताकत प्राप्त गर्न उसले झुट र लुटको खेती गर्छ ।
यो अवस्था समाजको विकास क्रममा देखिन्छ । तर सचेत मानिसले आँट गर्छ, उसले यथार्थको भित्री कारण (कारक तथ्य)को खोजी गर्छ । आज नेपाली समाज किन यो अवस्थामा छ ? किन यो भ्रम, डर, स्वार्थ र लूटको खेतीका समस्याग्रस्त छ ? दुईटा भित्री कारक तत्व छन् ।
(क) २००७ सालपछि पनि ‘नेपाली राजनीतिमा शासकले राष्ट्रको आत्मनिर्णयको अधिकार प्रयोग गर्न सकेनन् । देश स्वाधीन रह्यो, तर शासकहरुले विदेशीको निर्देशनलाई लोकतन्त्रको अङ्ग बनाए।’ परिणामस्वरुप विदेशीका दास व्यापारीहरुले राष्ट्रका सबै श्रोतमा कब्जा जमाए र कोहीकोही सालमा २०० मिलियन डलर कमाउने मानिस बने ।
(ख) यस्ता व्यापारीले नेताहरूलाई धन दिए र ‘व्यापारी र नेताको’ कलुसित गठजोड तयार भयो । यो लुटतन्त्र नेपाली जनताको समृद्धिको बाधक बन्यो । यी दुई समस्या सम्बोधन नगरी सडकले दुनियाँ बदल्दैन।