राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय र नेपाली सेनाको मात्र विषय होइनः प्रधानसेनापति शर्मा



काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवन सुरक्षासँग सम्बन्धित महत्वपूर्ण र संवेदनशील विषय भएकाले आ–आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयन एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षामा उपप्रधानमन्त्री खड्काले सबै मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय तथा सरोकारवाला निकाय सबैले पूर्ण स्वामित्व र अपनत्व लिई गम्भीरताका साथ जिम्मेवारी पूरा गर्न सुझाव दिए ।

उक्त कार्ययोजना कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषय एक हप्ताभित्र उपलब्ध गराउन उनले ध्यानाकर्षण गराए ।

समीक्षामा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीले राष्ट्रिय सुरक्षा नीतिले राष्ट्र र जनतालाई बलियो बनाउने भएकाले नेपाल सरकारका अरू नीति यो नीतिसँग सामञ्जस्य हुने गरी तर्जुमा तथा कार्यान्वयन हुनुपर्ने औँल्याए ।

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति रक्षा मन्त्रालय तथा नेपाली सेनाको मात्र विषय नभएर सबै मन्त्रालय तथा निकायको साझा जिम्मेवारीको विषय भएकाले सबैको सहयोग र समन्वयमा प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत विभिन्न मन्त्रालय तथा निकायका सुरक्षा नीति कार्यान्वयनसम्बद्ध श्रोत व्यक्ति सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अघिल्लो सरकारले जिबी राई भगाएको भन्ने बेतुकको कुरा होः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य

मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरियो, मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमाले पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा

समर्थन फिर्ता लिँदै माओवादीले छाड्यो मधेस सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । जनता समाजवादी पार्टी

सदन खुलाउने विषयमा सरकारले बल कसरी बढाउँछ कांग्रेसले त्यहीअनुसारको डील गर्छः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सदनको गतिरोध हटाउने विषय सरकारको कोटमा रहेको बताएका छन्