आत्मगौरवको बाटोमा नेपाली हिन्दू



डा. गोविन्दशरण उपाध्याय ।
भारतमा हिन्दूहरूको दमन आरम्भ भएको मोहम्मद गज्नवी (971-1030) को बेला देखि हो । त्यसपछिका सबै मुसलमानहरूले भारतका हिन्दू तथा त्यहाँका अन्य जातजाति र धर्मको शोषण मात्र गरेका थिए । सत्य के हो भने मुस्लिम आक्रान्ताहरूले हिन्दूहरूका पूजास्थलमात्र होइन जैन र बौद्धहरूका मन्दिर, विहार तथा त्यहाँ रहेका मूर्ति तोडेका थिए, सम्पति लुटेका थिए । प्रसिद्ध जापानी बौद्ध इतिहासकार मारामुतोले भारतबाट बौद्धधर्म पलायन हुनुको मुख्यकारकका रुपमा मुस्लिम आक्रमणकारीहरूले मूर्ति–पूजकहरूप्रति अपनाएको दमन नीति भएको उल्लेख गरेका छन् ।

नेपालमा पनि मोहम्मद कासिमले आक्रमण गर्दा केवल पशुपतिनाथको मन्दिरमात्र होइन अनेकौं बौद्ध–विहारहरू र पुस्तकालयहरूमा आगो लगाएको थियो । अर्को सत्य के हो भने अहिलेको राजनैतिक नक्साभित्र रहेको भारतमा धेरैजसो भूभागमा मुस्लिमहरूले राजपाट चलाएका थिए । यस अर्थमा, मुस्लिमहरू भारतका प्रशासक समुदायमा पर्छन् । मुस्लिम र अंग्रेजले हिन्दू समुदाय विरुद्ध लिएको धार्मिक–असहिष्णुतालाई सम्झंदै यदि आज त्यहाँका हिन्दूहरू एककृत हुँदैछन् भने त्यो तिनको अधिकार पनि हो । यदि १०१२ देखि १७३७ सम्मको लामो शासनकालमा मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृतिबाहेक शिक्षाका क्षेत्रमा मुस्लिमहरूको बर्चश्व स्थापित गर्न सकेन भने खोट तिनैहरूमा छ, हिन्दूहरूलाई दोष दिनु मूर्खता र पूर्वाग्रह हो ।

तर समय बदलिएसंगै हिन्दूहरूउपर अत्याचार गर्ने ती राजाहरू इतिहासमा रुपान्तरित भएका छन् । तिनले गरेका पापका लागि बर्तमान मुस्लिम समुदायलाई दोषारोपण गर्नु उचित हुँदैन । अर्कोतिर, भारतीय मुस्लिम समुदाय आफैं पनि मुगलकालीन प्रसशाकीय मनोविज्ञानबाट मुक्त भएको छैन । शिक्षामा ध्यान दिनुभन्दा मूर्तिपूजक विरुद्ध “मौलानावाद“मा रमाउन बढी व्यस्त छ । कुरानका आदेशहरूलाई कट्टरतावादमा रुपान्तरण गर्ने स्वभावमा कुनै फरक परेको देखिन्न। यसले गर्दा, तीब्रतर रुपान्तरण गर्न सक्ने हिन्दू–जैन समुदायसंग मिलेर हिड्न सक्ने प्रश्न नै उठ्दैन ।

आफ्नो कट्टरपन्थी चिन्तन र व्यवहारका लागि मुस्लिमहरू आफै दोषी छन् । यदि हिन्दूहरूले अहिले आएर क्षतिपूति खोजिरहेका छन् भने अस्वाभिक होइन । यो हिन्दुहरूको आत्मसम्मानको समय हो । नेपालका हिन्दूहरूले पनि आत्मसम्मानको बाटो पछ्याउने प्रयत्न गरेका छन् भने उदारवादका आवरणमा मुसाईहरूको विचारका पक्षधरहरूको टाउको दुख्छ नै । यी मुसाई–पक्षधरहरूले कट्टरपन्थका विरुद्ध एकशब्द लेख्न र बोल्न सक्दैनन् तर हिन्दू, जैन तथा बौद्धहरूले आफ्नो आत्मसम्मान प्राप्त गर्न खोज्दा आकाश फाटेझैं गरेर कोकोहलो गर्छन् । नेपालमा आत्मसम्मान प्राप्तिको पक्षधर हिन्दूविरुद्ध विषबमन गर्नेहरूको सक्रियताको अर्थ सर्वसाधारणले समेत बुझ्न थालेका छन् । प्रतिहिंसाको डर देखाएर हिन्दूहरूलाई ‘आत्मसम्मान प्राप्तिको बाटोबाट बिमुख बनाउने’ चाल चलिरहेका छन् ।

सत्य के हो भने धेरै समयको अन्तरालमा हिन्दूहरूले आफ्नो आत्मसम्मान, पहिचान र उत्थानका लागि गौरवपूर्ण तवरले बोल्ने, लेख्ने र प्रयोग गर्ने अवसर प्राप्त गरेका छन् । आफूभित्र रहेका विसंगतिहरूको समिक्षा गर्ने अवसर प्राप्त गरेका छन् । मूर्तिपूजक –हिन्दू) भन्दै हजारौं वर्षसम्म अपमानित गर्ने धार्मिक चरित्र विरुद्ध एकीकृत हुने अवसरप्राप्त गरेका छन् । यतिबिघ्न लामो समयसम्म दलनमा रहेका हिन्दूहरूले हिन्दू गौरवको कुरा गर्दा देशलाई पाकिस्तान, अफगानिस्तान, इराक, इरान, साउदी अरेविया जस्तै राज्यसत्ता स्थापित गर्ने कल्पनासम्म गरेका छैनन् ।

सबै राजनीति गर्नेहरूले बुझ्नुपर्छ, गौरवपूर्ण आत्मसम्मान केवल राजनैतिक लक्षप्राप्तिबाट मात्र प्राप्त हुन्छ भने यदि भारतीय हिन्दूहरूले राज्यसत्ता प्राप्त गरेर आत्मसम्मान प्राप्त गर्ने दिशातिर बढ्दै छन् भन्ने उनीहरूलाई बधाई दिनुपर्छ । राजनीतिमा एकअर्कोबाट सिक्ने हो । यदि नेपालका हिन्दूसमुदाय भारतको सिको गरेर होस् वा यहुदीहरूको सिको गरेर आत्मसम्मानका पक्षमा उभिन्छन् भने मुसाई–समर्थकहरूलाई बाहेक सबैले गौरवबोध गर्नु पर्छ । नेपालका तथाकथित उदारवादी तथा राजनैतिक शक्तिहरूले बहुसंख्यक हिन्दूहरूको जसरी मानमर्दन गर्दै “मुसाई“सरह कट्टरपन्थीका भएको प्रतिमान स्थापित गर्ने प्रयत्न गरिरहेका छन्, यसबाट नवजागरणमा प्रवेश गरेको हिन्दू–समुदायले क्रमशः उर्जा प्राप्त गर्दै जान्छ ।

जव एउटा हिन्दूले हिन्दूगौरवको कुरा गर्छ त्यस बखत तथाकथित सूड़ो बुद्धिजीवी र मुसाईसंरक्षणवादीहरूले ‘एक्काइसौं शताब्दिमा धर्मको कुरा गर्ने’ भन्दै अपमानित गर्छन् । मुसाईका कट्टरपन्थी क्रियाकलापहरू ‘धार्मिक स्वतन्त्रताको अधिकार’मा टुंगिन्छन् । नेपालकै हकमा, गाउँगाउँमा फैलिएका इसाईप्रचारकहरूले ‘ईसाले निको पार्नु हुन्छ’ भन्दा त्यो अधिकारको कुरा ठहरिन्छ, मुस्लिमहरूले एउटा अबोध बालकको लिंग छेदन गर्दा (खतना) गर्दा बालअधिकारको हनन हुँदैन, एउटी बालिकालाई उसको इच्छा विपरित कालो लवेदा भिराइन्छ, अपरिचित पुरुषहरूसँग (हलला) गर्न बाध्य परिन्छ, त्यस बखत बौद्धिक बर्गहरूलाई दुख्दैन तर एउटा हिन्दुले आफ्नो गौरवका लागि आत्मसम्मानको कुरा गर्छ, अनि धर्मनिरपेक्षवादी तथा प्रायोजित बुद्धिजीविहरू बर्वराउन थाल्छन् । हजारौं वर्ष पूर्व लेखिएको मनुस्मृतिको इतिहासबाट मृत्यप्राय श्लोकहरू खोजेर हिन्दुहरूलाई प्रताडनाको आरोप लगाउँछन् । अचम्मनै मान्नुपर्छ, यस्तो आरोप लगाउनेहरू अंग्रेजीभाषा बोल्ने ‘एलिट’हरू हुन्छन् । बाँकी कुरा आफै बुझ्नुहोला ।

नेपाली समाजमा हिन्दूहरूको जागृति आरम्भ भएको धेरै भएको छैन । वि.स. २०४७ सालसम्म नेपालमा हिन्दू र गैरहिन्दूका बिच त्यति मतभेद र मन भेद थिएन । तथाकथित प्रजात्रन्त्रले उन्नत राजनैतिक व्यबस्थाको गर्भाधान गर्ने उपक्रममा माओवादी आन्दोलन आरम्भ भयो । यो गर्भाधान क्रिया २०६२ मा टुंगियो र प्रजातन्त्र र लोकतन्त्रको ककलेट ‘प्रजातान्त्रिक लोकतन्त्र’ जन्मियो । यस व्यवस्थाका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले भाषण गर्दै ‘धेरैले यस अर्थनै जानेका छैनन्’ भन्दै आज पनि यो ककलेट परिभाषित भएको छैन भन्ने प्रमाणित भएको छ । माओवादसंग आएको घृणावादले नेपाली सामाजिक शान्तिलाई कित्ताकित्तामा काट्ने क्रममा सबैभन्दा बढी हिन्दूहरूलाई टार्गेट गर्यो । मन्दिरहरू भत्काइए । बटुकहरूका टुप्पी काटिए । पण्डितहरूको निर्ममतापूर्वक हत्या गरियो। ८८ वर्षकी वृद्धालाई सुँगुरको मासु कोचियो । यी अत्याचारहरू मुस्लिमले र अंग्रेजले गरेका तत्कालीन भारतका भन्दा गुणात्मक रूपमा बढी थिए । आज पनि यी राजनैतिक शक्तिहरूको मूलभूत एजेण्डा ‘हिन्दु विरुद्ध’ नै भएको व्यबहारमा अनुभूत गर्न सकिन्छ । अनि, हिन्दू आफ्नो आत्मसम्मानका लागि न जागेर के गरोस् ? यो जागरणका लागि भारतीय पैसा देख्नेहरू कार्लमार्क्स वा जिससका भूत हुन् ।

–राजनैतिक रूपमा आफ्नो अस्तित्वको गौरव जोगाउन हिन्दूहरूले राजनैतिक हस्तक्षेप गर्नेपर्छ । मार्क्स वा लिंकनका भूतहरूले निर्माण गरेका राजनैतिक प्रतिमानहरूलाई मात्र ‘सही राजनैतिक व्यवस्था’ भन्ने प्याराडाइम आजको नेपालका लागि अफाफ सिद्ध भैसकेको छ । मार्क्स र लिंकन आफ्नो देश र समाजको तत्कालीन अवस्थाका लागि उपयोगी भए पनि नेपालमा भने भ्रष्टाचार र हिन्दूहरूलाई अपमानित गर्ने प्रमुख शक्तिका रूपमा अस्तित्वमा छन् । हिन्दूहरूको जागरणले आफ्नै मौलिक राजनैतिक प्रतिमानको मांग गरिरहेको छ । आजको संविधानले नै ‘बहुमतको सरकार’को प्रतिमान स्थापित गरेको हुँदा पक्कै पनि आफ्नै प्रतिमान विरुद्ध आजको संविधान जाने छैन ! तर हिन्दूहरूप्रतिको पूर्वाग्रहले हिन्दूबहुमत अस्वीकार गर्न यिनीहरू कत्तिपनि पछि पर्ने छैनन् । इतिहासले हिन्दूलाई धेरै सिकाएको छ र अझै पनि सिक्न ध्रेरै बाँकी छ । अन्तिम सत्य यही हो कि आजको हिन्दु समाजले आफूविरुद्ध भएका अत्याचार विरुद्ध, अन्याय विरुद्ध, शोषण विरुद्ध, राजनैतिक षड्यन्त्र विरुद्ध बोल्न र प्रतिक्रिया व्यक्त गर्न थालेको छ । यो प्रतिक्रियाबाट प्रतिक्रियावादीहरूको ‘निन्द्रा’हराम भएको छ ।

कट्टरवादका समर्थक उदारवादीहरूले प्रष्ट रूपमा बुझ्नुपर्छ – उदारवाद तथा अतिथिको सम्मान गर्ने परम्परा केवल र केवल हिन्दूहरूको मनोबैज्ञानिक पुर्खौलीमा छ । त्यसै भएर अफगानिस्तान देखाएर नेपालमा रहेका अन्य समुदायलाई तर्साउने ‘मुसाई–विद्वान’को छलकपट बुझ्नुपर्छ । कुनै वेला हिन्दू बाहुल्य रहेको अफगानिस्तानमा किन ८०–८२ घरमात्र हिन्दू शेष छन् र कुनै वेला १ जना पनि मुस्लिम वा इसाईको अस्तित्व नभएको नेपालमा किन ५ प्रतिशत मुस्लिम र २ प्रतिशत इसाई जनसंख्याले स्वतन्त्रतापूर्वक आफ्नो धार्मिक आस्था निर्वहन गर्दै छ ? भन्ने तत्थ्यको उत्तर खोजे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिलो र दोस्रो जनआन्दोलनमा आफूहरुले गरेको योगदान नबिर्सन सांसदहरुलाई पाँच कर्मचारी संगठनको चेतावनी

काठमाडौं । निजामती कर्मचारीका पाँच संगठनले पार्टीका सांसदलाई दम्भ नदेखाउन चेतावनी दिएका छन्

उच्च र जिल्लाका गरी ठूलो संख्यामा न्यायाधीशको सरुवा(सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाको सिफारिस गरेको

कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच विकास र समृद्धिमा सहकार्य गर्न १९ बुँदे सम्झौता

कर्णाली । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र

हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी विचाराधीन विधेयक टुङ्ग्याउन सांसदहरुलाई कांग्रेस-एमालेको निर्देशन

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको