होमरको इलियाड र सति लेयोमेडिया



डा. गोविन्दशरण उपाध्याय ।

अतिवाद र अतिवादी दूवैतिर छन् । आधुनिक विश्वविद्यालय र विद्यालयहरूको विकास पश्चिमाहरूले आफ्ना उपनिवेशका जनतालाई बैचारिक रूपमा ‘कामदार’ बनाउने उद्देश्यले स्थापित गरेका/गरिएका हुन् भन्ने कुरा स्वीकार गर्न नेपाली र भारतीय विद्यालय/विश्वविद्यालयहरूलाई धेरै गाह्रो छ । त्यसैगरी सधैं वैदिक, जैन तथा बौद्ध संस्कृति नै सर्वगुण सम्पन्न भन्दै पश्चिमाहरूप्रति विमति राख्ने र सम्पूर्ण विकृतिहरूलाई पश्चिमाहरूको टाउकोमा फोर्नेहरूले विद्यालय र विश्वविद्यालयहरूलाई उपर्युक्त उपनिवेशी प्रोग्रमिंगबाट बाहिर निकाल्न र स्वावलम्बी बनाउनेतिर कुनै पनि दीर्घकालीन योजना बनाएको भन्ने तत्थ्य पनि छैनन् । विगार्ने सवालमा एता र उता दुवै सक्रिय छन् ।

इतिहासको एउटा स्मृतिग्रन्थ मनुस्मृतिले महिला र क्षुद्रहरूलाई अमानवीय व्यबहार गर्न सिकाएको छ भन्दै सधैं वैदिक संस्कृतिको दोहोलो काडेर पश्चिमा र पश्चिमाहरूप्रति बफादारहरूलाई दोहन गर्ने समूहले होमरको एलियाड महाकाव्य पढेका छन् भन्ने विश्वास गर्न सकिन्न किनभने मनुस्म्मृतिको विरोध गर्नेले संस्कृतभाषामा लेखेको असली मनुस्मृति आफैले पढे वा भीमराव अम्बेदकर वा इसाई मिसनरीहरूको भनाईमा विश्वास गरेर आलोचना गरेका हुन् ? तिनैले जानुन् तर सतिप्रथाचाहिं एलियाड कालीन ग्रीकेली समाजको अङ्ग हो भन्दै गर्दा चित्त नबुझ्ला । चित्त नबुझ्दैमा, नमान्दैमा इतिहास असत्य हुँदैन । ट्रायल्याण्डका योद्धा प्रोटिसिलेअस युद्धमा मारिएपछि उसकी नवविवाहित पत्नी लेयोमेडियाले आफ्ना पतिको काठको प्रतिरुप बनाएर सुत्न थालिन् । बाबुले त्यो काठको प्रतिमा खोसेपछि अत्यन्त दुखी भएर त्यसै काठप्रतिमासहित स्वेच्छाले चितामा प्रवेश गरेर सति गइन् । अहिले न त्यहाँ सतिप्रथा छ न नेपालमा । तर इतिहासमा विलिनभएको सतिप्रथा र संबिधानले निर्मुल गरेको जातिप्रथाका आधारमा वैदिकहरूलाई बदनाम गर्नेहरू जीवित छन् र अचम्मको कुरा त के भने तथाकथित मोडर्नहरूले यिनको कुरा सुन्छन् ।

सतिप्रथा कुनै कालखण्डको दुर्भाग्यपूर्ण यथार्थ थियो र यो प्रथाले अनेकौं हत्या गरेको थियो तर समयले यो प्रथालाई पूर्णतया अन्त्य गरिदिएको छ । यसैगरी छुवाछुतजस्ता अमानवीय प्रथाहरू पनि नेपाली भूमिमा अन्तिम श्वासप्रश्वास लिइरहेका छन् । पश्चिमा प्रतिमान विस्तार गर्न खोलिएका विश्वविद्यालयका स्नातकहरू (विद्वान् र राजनैतिक कर्मीले) यो परिवर्तन देख्दैनन् बरू आयोगहरू बनाएर संस्थागत गरेका छन् । यसरी एउटा समुदायलाई आफ्नै छिमेकीबाट टाढा पुर्याएका छन् । त्यसैले भन्न मिल्छः पश्चिमाहरूको प्रोग्रामिगको जालमा फंसेको नेपाली तथा भारतीय शिक्षा व्यबस्थाले आज पनि आत्मविश्वासरहित पश्चिमाहरूका बौद्धिक कार्यक्रता उत्पादन गरिरहेका छन् । आफ्नै इतिहाससंग घृणा गर्ने, गतार्थ भएका ऐतिहासिक घटनाका लागि वर्तमान समुदायलाई दोष दिने र समुदायसमुदाय बीच अविश्वास फैलाउने काम गरिरहेका छन् ।

उदाहरणका लागि नेपालको बर्तमान राजनैतिक व्यबस्थालाई नै हेरौं । यदि लोकतन्त्र वा प्रजात्रन्त्र भनिए जति उत्तम र बैज्ञानिक व्यबस्था हुन्थ्यो भने नेपाल विश्वको सबैभन्दा गरिव राष्ट्र बन्ने थिएन । वि.स. २०६२ मा प्रचण्ड र परिवर्तनवादीहरूले बोलेझैं नेपाल स्वीजरल्याण्ड, बेलायत वा सिंगापुरजस्तै विकसित बनिसक्नु पर्ने हो ? एलियाडको महाइन्द्र ज्यूसझैं नेपालीहरूको दुर्गतिमा यही विदेशीहरूको हितैषी “लोकतन्त्र र लोकतन्त्रवादी पूर्वाग्रह नै दोषी छ । तर विदेशप्रतिको भक्ति र आफ्नो इतिहासप्रतिको अविश्वासले नेपालको सतिप्रथालाई दोषी देख्ने तर पश्चिममा भएको हुँदा विचक्राफ्टलाई ढाक्ने प्रवृत्ति बलियो छ । यसबाटोमा राज्यनै नीतिगततहमा सहयोगी भएपछि कसैको केही लाग्ने रहेनछ ! देखेको कुरा बोल्ने बाहेक !उपयुक्त प्रसंगको सत्यता पर्गेल्न चाहनुहुन्छ भने महाकवि होमरको एलियाड पढ्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्च र जिल्लाका गरी ठूलो संख्यामा न्यायाधीशको सरुवा(सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाको सिफारिस गरेको

कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच विकास र समृद्धिमा सहकार्य गर्न १९ बुँदे सम्झौता

कर्णाली । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र

हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी विचाराधीन विधेयक टुङ्ग्याउन सांसदहरुलाई कांग्रेस-एमालेको निर्देशन

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

-डा. अरुणा उप्रेती ‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा