नेपालसँग जैनधर्मको नातो !



डा. गोविन्दशरण उपाध्याय ।

जैनधर्मका २१सौं तीर्थंकर श्रीनेमिनाथ हुन् भने १९सौं तीर्थंकर श्रीमल्लिनाथ । श्रीमल्लिनाथको जन्म नेपालको मिथिलाका इक्षाकु बंशीय राजा कुम्भबाट भएको थियो र यी महिला थिइन भन्ने जैनशास्त्रमा उल्लेख छ । पछि यिनै मल्लिकादेवी (फूलको गुच्छा मनपराउने) जैन तीर्थंकर बनेकी हुन् ।

जनकपुरको नेमुवामा रहेको मल्लिवाडामा दुईबटा जैनमन्दिरहरू १९२५ को भुईचालोले ध्वस्त भएपछि त्यहाँ रहेका जैनमूर्तिहरू सीतामणिका एकजना ब्राह्मणले लागेको र सन् १०३२ मा भारतको भागलपुरको जैन मन्दिरलाई ती मूर्तिहरू हस्तान्तरण गरेको भन्ने पनि जानकारी आएको छ । जानकारीका अनुसार भागलपुर आज पनि नेपालमा जैन मन्दिर निर्माण गरिए, ती मूर्तिहरू नेपाल पठाउन तयार छ ।

यसरी हेर्दा नेमुवामा नेमिनाथको जन्म, जनकपुरमा मल्लिनाथको जन्म र २३ सौं तीर्थाकर पार्श्वनाथको जन्म पर्सामा भएको हो भन्न सकिन्छ । तर इतिहासको गहन खोजी हुनैपर्छ । निसन्देह, जैन धर्म पनि नेपालको रैथाने धर्म हो भन्न धक मान्नु पर्ने अवस्था छैन ।

यता २१औं तीर्थंक नेमिनाथ भारत, गुजरातको गिररनारमा जन्मिएको भनिएता पनि असलमा यिनको जन्म जनकपुरको नेमुवामा भएको हो भन्ने तत्थ्य अगाडी सारिएको छ । निमी, नेमुवा र नेमिनाथका वीच केही सम्बन्ध त अवश्य छ । आज पनि नेमुवामा हरेक वर्ष गुजरातबाट जैन तीर्थयात्रीहरू तेहा दर्शनको लागि आउने गरेको भन्ने नेमुवाका वासिन्दाको भनाई छ । यो कुराको पुष्टि वीरगंज निवासी जैन विद्वान अशोक बैदले गरेका छन् ।

त्यसबखत, नेमीनाथ सूदुर गुजरातबाट भन्ने विश्वास गर्न गारो छ तर जनकपुरबाट भन्न सजिलो र तर्कसङ्गत पनि ठहरिन्छ । जेहोस्, धर्मप्रचार गर्दै काठमाडौंको शाक्यपरिवारलाई आफ्नो शिष्यत्व प्रदान गरेको तत्थ्य सचित्र तीर्थंकर चरित्रमा उल्लेख गरिएको छ र काठमाडौँ उपत्यकामा प्राचीन जैन मन्दिरहरू अप्राप्त छन् तर ती मन्दिरहरू हिन्दू वा बौद्ध चैत्यमा परिवर्तित भएका पनि हुन सक्छन् भन्ने मेरो मान्यता रहेको छ ।

साथै, ने ऋषि र नेमिनाथ एकै व्यक्ति थिए कि भन्ने पनि प्रश्न उठान गर्न मिल्ने अवकाश मिल्छ । निमी, ने र नेमिनाथ यी सबैको संयुक्त तपस्याले नै नेपालको नाम त रहेको होइन ? ने ऋषिका विषयमा पद्मपुराणले बोलेको छ, निमिका विषयमा उपनिषदहरू बोलेका छन् तर नेमिनाथको विषयमा इतिहास भ्रमित देखिन्छ । नेमुवामा जन्मेका नेमिनाथलाई किन गिरनारको भनियो ? सत्यको खोजि त हुनैपर्छ ।

यसैगरी पार्श्वनाथको जन्म पनि नेपालको पर्सामा भएको र उनैको नाममा यो ठाउँको नाम पर्सा रहेको भन्ने जिकिर पनि केही विद्वानहरूले गरेका छन् । आजभोली पार्श्वनाथको मन्दिरको ठाउँमा (महुन गाविस) मा शिवालय रहेको तर तेहा दुईबटा जैनमूर्तिहरूको परम्परागत रूपमै पूजाआज हुने गरेको भन्ने केही जैनीहरूको दावी छ ।

यसरी, ऋषभदेव, नेमिनाथ, मल्लिनाथ तथा महावीर – यी चारबटा जैन महाग्रुरुहरूको नेपालसंग प्रत्यक्ष नाता गाँसिएको छ । ऋषभदेवले अयोध्याको राज्य त्याग गरेर पुलाहाश्रममा तपस्या गरेको भन्ने तत्थ्य भागवतले उल्लेख गरेको हुँदा जैनधर्मको आरम्भ नेपाली भूमिबाट नै भएको भन्न सकिन्छ ।

ऋषभदेवको जन्म भारतको अयोध्यामा भएको र उनले पुलाहश्रममा ज्ञान प्राप्त गरे भने सिद्धार्थको जन्म नेपालको कपिलबस्तुमा भएको र उनले ज्ञानचाहिं भारतको सारनाथमा प्राप्त गरेको सर्वविदित नै छ । जेहोस्, ऋषिमुनिहरू सार्वभौम हुन्छन् तैपनि नेपालीले आफ्नो जरोकिलोको सत्यता खोज्नु र तेसलाई प्रकाशित पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै

विशेषको फैसला: पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि भएन

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको

कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एकजना प्रहरी जवानले आफैंलाई गोली प्रहार

नक्कली चिकित्सक बनेर लुटपाट गरेपछि….

काठमाडौँ । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर चिकित्सक नै लुटेरामा