सुन्लान् ठालूले यति कुरा ?



सुवोधराज प्याकुरेल ।
अहिले फेरि आन्दोलनको ऋतु सुरु भएजस्तो छ । उल्का अचम्मको कुराले हुलका हुललाई तानिरहेको देखेर अचम्मित छु । स्थिर वैचारिक दार्शनिक चिन्तन र तदनुरुपको कार्ययोजना बेगरको भिडभडाका पनि ठाउँ कुठाउँ भड्किरहेको देखिन्छ । कारण बुझेर निदान खोज्ने मूख्य जिम्मा मूर्धन्य राजनीतिज्ञहरुले निर्वाह गर्नैपर्छ । नगरे उहाँहरुको पदीय सोपान रहला सम्मान हराउने छ ।

दुर्गा प्रसाईँको ऋणमुक्ति अभियान किन राजतन्त्र फर्काउने र हुँदाहुँदा व्यवस्था पल्टाउने तहमा पुगेको होला ? सरकार संवैधानिक स्वतन्त्रताको बर्खिलाफ निषेधाज्ञा जारी गरेर किन तमासे बनेको होला ? काँग्रेस किन मौनव्रतमा बसेको होला ? अब अङ्ग्रेजीमा समेत विदेशीले वाचन गर्ने नेपाल राज्य र शासनको हुर्मत लिने सन्देश सामाजिक सञ्जालमा किन बर्सिन थालेको होला ? एउटा कुरा सुनिश्चित छ, मूख्य तारो एमालेलाई बनाइएको छ । त्यसपछि क्रमशः अरुको पालो आउनेछ । अनि एकाएक शरद आन्दोलन र जेलेन्सकी वा बि बि नेतन्याहुको सिर्जना गरिन सक्छ । इजरायलमा किन कसरी शान्ति प्रकृया टुंग्याउने प्रधानमन्त्री शेरोन मारिए ? सम्झना छ के ? समाधान के होला ?

१ः जनतालाई यथार्थ बताउनुपर्यो ।

२ः जनताको चाहना छनौट नेतृत्व अनुगमन र मुल्यांकन आधारित भएर सबै अङ्ग चल्ने सुनिश्चित गर्नुपर्यो ।

३ः विवेक तर्क विनयशीलता सामूहिकतासहित त्यस्तै नेतृत्वपंक्तिको विकासमा लाग्नुपर्यो ।

४ः विगतको सिंहावलोकन गर्न आलोचनात्मक चेतलाई प्रोत्साहित गर्नुपर्यो ।

५ः जस्तालाई तस्तै गर्ने, हुल्याहापन दर्शाउने र द्वन्द्वलाई व्यक्तिमा समायोजन गरिदिने काम गर्नु भएन ।
सुन्लान् ठालूले यति कुरा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिचुवानको जहाज र उजाड कालापत्थर बन्दै गरेको माछापुछ्रे

राम थापा, गण्डकी । माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद

कानुन संशोधनमा ढिलाइ हुँदा बजेट निर्माण कार्य प्रभावित

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को

राहुघाट जलविद्युत आयोजनाको बाँध, सुरूङ र विद्युतगृह निर्माणको काम तीव्र

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातबाट निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण