विद्यार्थी पलायनबाट देशको ढुकुटी नै बाहिरियोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र बाहिरिएको नभई देशको ढुकुटी पनि उनीहरुसँगै बाहिरिँदै गएको बताएका छन् ।

मंगलबार दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी—२०२३ को उद्घाटन गर्दै प्रधानमन्त्रीले पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाउनुपर्ने आवश्यकता भएको बताएका हुन् ।

उनले भने, ‘नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुनेछ। यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन। तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर यस दिशामा ठोस परिणाम हासिल हुन सम्भव हुनेछ।’

उनले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको हाम्रो महत्वपूर्ण सरोकारको विषय भएको बताए । उनले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्नुपर्नेमाजोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई