सामाजिक सञ्जाल बन्दगर्नु भनेको निरंकुश अधिनायकवादी चिन्तनलाई उक्साउनु हो



सुवोधराज प्याकुरेल ।

समाचार सूचना र अभिव्यक्तिमा अंकुश लगाउन पाइन्छ र ? पाइन्न। अभिब्यक्तिको स्वतन्त्रतालाई हाम्रो संविधानले पूर्ण स्वतन्त्रता दिँदै प्रेसलाई रोक लगाउन नपाइने अधिकार दिएको छ । सामाजिक सञ्जाल पनि सामाजिक सञ्चारको अभिन्न अङ्ग हो । यसको पहुँच व्यापक छ।त्यही भएर संसारका नामि मानिसहरु पनि तत्काल सूचना र प्रतिकृया जनाउन टिकटकको प्रयोग गर्छन् ।

साहु/सरकारवादी/शासकीय मिडियाको विकल्पमा टिकटक जस्ता अनेक साामाजिक सञ्जाल व्यापक छन्।इजरायलको इतिहास, युक्रेन रुस बीचको द्वन्द्वका मामिलामा बैकल्पिक मिडियाको रुपमा टिकटक लगायतलाई बन्देज लगाउन बलिया देशका शासकले अनेक बल धम्की प्रयोग गर्दा पनि सकेका छैनन् ।
तर, सामाजिक सञ्जाललाई कि बिल्कुल छाडा छोडिदिने कि समुल उखेल्ने ढाँचा गलत छ । परिचय नखोली मनपरि लेख्ने, फोटोसप लगायतको दुरुपयोग गर्ने, सामाजिक सद्भाव र संस्कृति बिथोल्ने कामलाई नियन्त्रण गर्नैपर्छ । त्यस्तो विकृति फेसबुकको रिल लगायत अन्यत्र पनि छ । हरेक ठाउँको विकृति रोक्नुपर्छ । तर प्लेटफार्म बन्द गर्नु किमार्थ न्यायिक काम होइन।

यस्तो कामलाई समर्थन गर्नु भनेको निरंकुश अधिनायकवादी चिन्तनलाई उक्साउनु हो । एउटाको रिसले आफ्नो स्वतन्त्रता भड्खालोमा हाल्नु हो । यस्तै परिभाषा गर्दै निरंकुश शासकहरुले दमन नियन्त्रण र त्रास दिन्छन् ।
यो निर्णय असंवैधानिक छ । सरकारले नियमनकारी भूमिकामा आफ्नो बेवास्ता र अक्षमता ढाकछोप गर्न अनि युद्ध उन्मादीहरुले यथार्थ प्रकट नहोस् भनेर गरेको प्रपञ्चको परिणाम मात्र हो यो । विवेकशील बनौँ । खराब कुरा टिकटकमात्र होइन सर्वत्र छ । हामीले बेवास्ता गर्यौं भनेमात्र त्यो हतोत्साहित हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह

‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई