चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड खोपको प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई



यसवर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन् ।

ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन् । कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो । अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ ।

खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ । परम्परागत खोप प्रविधिमा सङ्कक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ । तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ ।

कोभिड महामारीका बेला मोडर्ना र फाइजर÷बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो । वैज्ञानिकद्वय कारिको र भाइस्मान अमेरिकाको यूनिभर्सिटी अफ पेन्सलभानियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भेटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको

देशको राजनीतिलाई सङ्ल्याउन हामी जस्तो युवाको भूमिकामा थप जिम्मेवारी बोध गरेको छुः सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन

बसन्तपुरमा होली हंगामा(तस्बिरसहित)

काठमाडौं । नेपालका हिमाली र पहाडीमा आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्