टेकु दोभानको सन्देश
डा. गोविन्दशरण उपाध्याय ।
प्राडा त्रिरत्न मानन्धर र दिनेशराज पन्थले संयुक्त रूपमा खोज गरेर लेखेको “नेपालको इतिहासमा नेमुनि“ पढेपछि त्रिविवि किर्तिपुर्बाट फर्किंदै गर्दा बाग्मती र बिष्णुमतिको दोभान (टेकु) को दर्शन गर्ने निर्णय गरें । त्रिविवि ओहोरदोहोर गर्दा पुलबाट यो ठाउँ धेरै पटक देखे पनि दर्शन गर्ने अवसर भने जुटेको थिएन । प्राध्यापकद्वयले नेमुनिले टेकुदोभानमा तपस्या गरेको आशय व्यक्त गरेपछि “नेपालको स्थापना गर्ने नेमुनिको तपोभूमिको दर्शन गर्ने विचार तीब्र भयो । मिति २०८०/६/१२ को ठीक १२ः २३ मिनेट उपर्युक्त ठाउँमा पुगें ।
डा. अम्बेदकरले नया बौद्ध पन्थको स्थापना गरेर छुवाछुतका कारण अन्यायमा परेका समुदायको उत्थान गर्ने प्रयत्न गरे । निश्चयनै अम्वेडकरको समयको नेपाल र भारतीय समाज छुवाछुतको मामिलामा निकै कट्टर थियो । अहिले समय बदलिएको छ । छुवाछुतलाई राज्य विरुद्धको अपराध मानेर दण्डको विधान गरिएको छ र अम्वेडकरको समयमा रहेको छुवाछुतको घनत्व र अहिलेको घनत्वमा धेरै फरक परेको छ । समाजबाट ७० प्रतिशत छुवाछुत अन्त्य भएको छ भन्ने तत्थ्य भारतसरकारको समाजकल्याण मन्त्रालयले सन् २००७ मा प्रकाशित गरेको रिपोर्टले देखाएको छ ।
अम्बेदकरका केही घृणावादी अनुयायीहरूले अम्बेदकरवादलाई सनातन हिन्दू वैदिक संस्कृति विरुद्ध घृणावादका रूपमा विकास गरेका छन् र त्यसको उपयोग गर्दै आएका छन् । अम्बेडकरका अनुयायीहरूले चलाएको घृणावाद इसाई तथा मुस्लिमहरूको भन्दा पनि घातक छ । नेपालजस्तो मुलुक जहाँ बौद्ध र हिन्दू संस्कृतिका विचमा फरक गर्ने सूत्रनै पत्तो लगाउन गार्हो छ, अम्वेडकरका घृणावादी अनुयायीहरूले घृणावादको सीमारेखा कोर्दै छन् ।
रोचक कुरा के छ भने यही विचमा मैले भारतीय दलित विद्वान डा. वी.आर. अम्बेडकरको पुस्तक “धर्म परिवर्तन गरौँ“ भन्ने पुस्तकको नेपाली अनुवाद पनि पढिरहेको थिएँ । अम्बेदकरले आफुलाई बोधिसत्व बन्छन् र छुवाछुतबाट मुक्तिको लागि धर्मपरिवर्तन गर्न आग्रह गर्छन् । उनीले बौद्ध धर्म स्वीकार गरेका हुन् तर उनले स्वीकार गरेको बौद्धधर्म गुरुशिष्य परम्परामा आधारित छैन । उनी आफैंले आफैंलाई “बौद्ध“ घोषणा गरेका हुन् । वैदिक, जैन तथा बौद्ध परम्परामा गुरूले दीक्षा दिएर मात्र व्यक्ति गुरुपरम्परामा जोडिन्छ । अम्बेडकरले कुनै महायानी वा थेरवादी अथवा बब्रयानी गुरूसँग दीक्षा प्राप्त गरेको कुनै इतिहास छैन । त्यसैले, अम्बेडकरको बौद्धवाद हिन्दुहरूप्रति मुस्लिम तथा इसाईहरूले यहुदीहरूप्रति गर्ने चरमघृणाझैं, चरमघृणावादी छ ।
अम्बेडकरको बौद्ध परम्परा मनमुखी भएको हुनाले नै यो हिन्दू र गुरुशिष्य परम्परामा आधारित बौद्धहरूका लागि (खासगरी नेपाली समुदाय) निकै घातक छ भनेर स्थापित गर्न टेकुदोभानमा उभिएका बौद्ध–शिव चैत्यहरू पर्याप्त छन् । मैले चिन्तामणि घाटमा चैत्य–शिवको फोटो खिचेर यहाँ टाँसेको छु । यो मूर्तिमा प्रष्ट रूपले भगवान बुद्धको चैत्य र माथिल्लोभागमा शिवलिंग प्रष्ट रूपमा दृष्टिगोचर हुन्छ । नेपाल उपत्यकामा शिव तथा बुद्धका विच अचम्मको सहकार्य सम्बन्ध भेटिन्छ । यस प्रकृतिका शैवचैत्यहरू उपत्यकामा राइछाई छन् । कुनै पनि शैवचैत्य सन् १२०० भन्दा नयाँ छैनन् ।
केही बौद्ध विद्वानहरूले १२ रौँ शताब्दितिर आचार्य शङ्करले उपत्यकाको बौद्ध संस्कृति नष्ट गरेको आरोप लगाउँछन् । यदि यो आरोप सत्य हुन्थ्यो भने आचार्य शङ्करले उपत्यकाका सम्पूर्ण शैव–चैत्यहरू नष्ट गरेर केवल “शिवलिंग“ राख्न आदेश दिन सक्थे । चुरो कुरा के हो भने उपत्यका सहित दुल्लुआदिमा प्राचीनकाल देखिनै हिन्दू तथा बौद्धका विचमा सह्रिद्दयी सम्बन्ध थियो । यही सम्बन्धका कारण हिन्दू तथा बौद्ध कलाकृतिहरू संगै छन् । इतिहासको यो तत्थ्यलाई स्वीकार गर्ने हो भने बौद्ध तथा सनातनी विच कुनै पनि प्रकारको घृणा रहन्न । यहुदी एकलवादी चिन्तनबाट प्रभावित भएका केही बौद्ध तथा हिन्दूहरूले बौद्ध र हिन्दू समुदायलाई “यहुदी“आँखाले हेरेर त्यही प्रतिमानका आधारमा व्याख्या गर्ने प्रयत्न गरेका छन् । यो घृणावादी चिन्तन हो ।
समस्या छुवाछुत हो । अम्वेडकरवादीहरू छुवाछुतका आडमा धर्मपरिवर्तनलाई प्रोत्साहित गरेर संस्कृतिको सामुहिक विनाश गर्ने अभियानमा छन् । छुवाछुतका विरुद्ध राष्ट्रहरूले कानुन बनाएका छन् । छुवाछुत गर्नेलाई राज्यविरुद्धको मुद्दा लाग्छ । राज्यविरुद्धको यो मुद्दा अपमानित गर्ने प्रयोजनका लागि जातिसुचक शब्दमा पनि लाग्छ । हिन्दू संस्कृतिमा छुवाछुतको घनत्व कम हुँदैछ तर क्रिप्टोहरू वैदिक सनातन धर्मविरुद्ध मुस्लिम वा इसाईहरू भन्दा पनि बढी आक्रामक भएर लागिरहेका छन् । बौद्ध र हिन्दूहरूविच रहेको सह–सम्बन्धलाई घृणावादमा रुपान्तरित गरेर सांस्कृतिक हत्या गर्दैछन् । यसो भनिरहँदा हिन्दूलाई बौद्धभित्र वा बौद्धहरूलाई हिन्दूकै अंगको रूपमा “लाद्ने“ प्रयत्न गर्नु हुँदैन । बौद्धहरू बौद्ध नै रहेर हिन्दूहरूसंग सहिष्णु सम्बन्ध बनाएकै छन् भने हिन्दू पनि हिन्दू नै रहेर यो परम्परालाई निरन्तरता दिएकै छन् ।
भारतीय समाजका बौद्ध संस्कृतिको के–कस्तो स्वरूप छ–त्यो कुरा भारतीयहरूले अध्ययन/अध्यापन गरूँन् तर नेपाली समाजको सहसंस्कृतिका लागि अम्बेडकरका अनुयायीहरूले अबलम्बन गरेको बाटो अत्यन्त घातकमात्र होइन बौद्ध–हिन्दु संस्कृतिको एकतामा गहिरो प्रहार समेत हो । नेपाली जनतालाई घृणावादको भुमरीमा पर्न दिनुहुँदैन, सावधान हुनुपर्छ । नेपाली समाजको धार्मिक दृष्टिकोण उदार छ । नेपाली बौद्ध तथा हिन्दुहरूको सम्बन्धलाई भारतीय आँखाले बुझ्ने प्रयत्न गर्नु उचित हुँदैन । यदि सकिन्छ भने नेपालउपत्यकाको हिन्दु–बौद्ध सम्बन्धलाई वैश्विकतहमा पुर्याउने प्रयन्त गर्नुपर्छ, सकिन्न भने भएको सम्बन्धलाई विगार्न लागि परेका “घृणावादी“लाई अवसर दिनु हुँदैन । यसैमा नेपाली र नेपालीको भलो छ । टेकुदोभानको संदेश यही हो ।