धर्मलाई ‘रिलिजन’ र ईश्वरलाई ‘अल्लाह’ वा ‘गड’मा अनुवाद गर्न जरुरी छैन



डा. गोविन्दशरण उपाध्याय ।
भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ । महाकवि कालिदास प्रष्ट रूपले रघुवंश महाकाव्यको आरम्भमा उल्लेख गर्नुभएको छ । संस्कृत भाषालाई देववाणी भन्नुको कारण पनि यो व्याकरण, व्युत्पत्ति र पूर्णअर्थ सामर्थ्य भएकोले हो । वैदिक, जैन तथा बौद्ध संस्कृतिमा शब्द र त्यसको अर्थ एकआपसमा जोडिएको हुँदा ‘मन्त्र’ भन्ने गरिन्छ । अन्य भाषाले जे–जसो गरुन् तर संस्कृतसँग जोडिएका भाषा र भाषाभाषिहरूले निश्चित अर्थ भएका शब्दहरूलाई अनर्थमा रुपमा प्रयोग गर्नु हुँदैन । यहाँ त्यस्ता केही बहुप्रचलित शब्दहरू जसको प्रयोग हिन्दू, जैन तथा बौद्ध जगतसंग सम्बन्धित र यी सभ्यताहरूसंग शत्रुतापूर्ण विचार राख्ने समुदायले अनर्थका रूपमा (जनानान) प्रयोग गरिरहेका छन् ।

विदेशीहरूले कुत्सित मनसायले वा प्रारम्भिक अनुवाद गर्दा प्रयोग भएका गरेका संस्कृतका मौलिक शब्दहरूले विपरित वा अनर्थमूलक भाव वा हीनताबोध वा घृणावादी अर्थ लागि रहेको छ, भने आजको विज्ञ समाजले त्याग्नुपर्छ । हिन्दू–सनातनीले आफैमा हीनताबोध गर्ने, आफ्नो संस्कृति तथा गौरवप्रति घृणा जगाउने तथा विदेशीलाई “विज्ञानसम्मत“ ठान्ने मानसिकताको विकास गर्ने शब्दजालबाट जोगिनुपर्छ ।

धर्मको अनर्थ रिलिजन
धर्म शब्दको अनर्थ प्रयोगको आरम्भ कसले गर्यो भन्न सकिन्न तर नेपाली र भारतीय जगतले धर्म शब्दलाई दूषित गर्दैछ । धर्मलाई सद्गुणको साटो रिलिजनका रूपमा प्रयोग गरिनुनै नेपालीहरूको दुर्भाग्य हो । यस्तो दुर्भाग्यपूर्ण सूचना प्रवाहमा जैन तथा बौद्धहरू पनि सम्मिलित छन् । अव हरेक हिन्दूले प्रष्ट रूपमा धर्मको अर्थ सद्गुण हुन् र जसले जीवनमा सद्गुण धारण गर्छ, ऊ धार्मिक हो भन्ने अभ्यास गर्नुपर्छ । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्धहरू नाम नै तिनको परिचय हो । तिनले आफ्नो परिचय दिंदै गर्दा ‘धर्म’ भन्नु तार्किक दृष्टिकोणले सही होइन । यहुदीले आफुलाई धर्म होइन रिलिजन भनिरहेका छन् ।

ब्राह्मणको अनर्थ ब्राह्मणवाद
ब्राह्मण शब्दलाई कलंकित गर्ने मनसायले ‘ब्राह्मणवाद’को आविष्कार भारतीय इसाई डा. एलियाह गरेका थिए । आजको परिवेशमा ब्राहमण जात पनि हो र उपर्युक्त धर्मको शिक्षा दिने, आफैले धर्मको पालन गर्ने र अर्थ तथा पुरुषार्थसहित मोक्षतिर अभिप्रेरित गर्ने शक्ति हो । ब्राह्मणलाई कलंकित ‘अर्थमा’ पत्याएर वैदिक समाजले आत्महत्याको बाटो अवलम्बन गरिरेह्को छ । हिन्दू समाजले जतिधेरै ‘ब्राह्मणहरू छुवाछुतका लागि जिम्मेदार तत्व हुन्, ब्राह्मणहरूले विभेदहरूको सृजना गरेका हुन्ज’स्ता कपोलकल्पित प्रोपोगान्डाहरू पत्याउछन्, त्यतिनै शीघ्र आफ्नो मौलिक परिचय गुमाउँदै जान्छन् । ब्राह्मण विश्वका हरेक समुदायमा छन् र साधना गरेर जुनसुकै व्यक्ति ब्राह्मण बन्न सक्छ ।

शक्तिको अनर्थ अधिकार
वैदिक संस्कृतिमा शक्ति शब्दको सही अर्थ नारी शक्ति हो । नारीपूर्ण शक्तिको स्रोत भएको हुँदा प्राचीनकालदेखिनै शक्तिलाई नारीका रूपमा चित्रित गरेर उपासना गरिन्छ । विश्वको कुनै पनि सभ्यतामा नारीलाई ‘वैदिकहरूले जति उच्चस्थानमा राखेका छैनन् । वैदिक संस्कृतिमा नारीको स्थान ‘पैताला’ हुन्छ भनेर पत्याउनुनै आत्मघाती विश्वास हो ।

वर्णाश्रमको अनर्थ छुवाछुत
वर्ण र आश्रम यी दूवै मानवजीवनका अभिन्न अंग हुन् । जात, जाति र वर्ण नभएको कुनै पनि मान्छे हुनै सक्दैन । पेशा नभएको मान्छेलाई अभागी मानिन्छ भने आश्रमगततहमा वृद्ध हुनु गौरवको कुरा हो । वर्णाश्रम केवल हिन्दू समुदायमा मात्र हुन्छ भन्नु अनर्थ हो । वर्ण र आश्रम ठ्याक्कै भारतवर्षको जस्तै नभए पनि फरकरूपमा विश्वभरी रहेको थियो र रहने छ ।

छुवाछुतको अनर्थ घृणावाद
छुवाछुत मानव समाजको कलंक हो । वेदहरूले छुवाछुतको कुरा गरेका छैनन् । तर छुवाछुत केवल हिन्दूमा हुन्छ भन्नु र त्यसमा विश्वास गर्नु अनर्थ हो । विश्वभरीनै छुवाछुतको बोलबाला छ । भेटिकनमा पोपलाई छोएर पाप पखालिएको विश्वास गरिन्छ । मुस्लिमहरूले ‘खलिफा’लाई स्पर्श गरेर आफुलाई धन्य ठान्छन् । पोप उच्च हो र छुनेहरू निच हुन्, पास्चर उच्च हो र छुनेहरू निच हुन् । हिन्दू समाजमा जातीय आधारमा छुवाछुत रहेसम्म हरेक व्यक्तिले छुवाछुत निर्मूल पार्ने प्रयत्न गर्नुपर्छ । तर छुवाछुत केवल हिन्दूमा हुन्छ भन्नु अनर्थ हो ।

हिन्दू  अनर्थ आक्रमणकारी
हिन्दू शब्द जहाँबाट जसरी आए पनि आजको बास्तविकता हो । वैदिक सनातनी तथा मूर्तिपूजकहरूलाई ‘हिन्दू’ नै भनिन्छ । हामी हिन्दु होइन तर सनातनी वा वैदिक हौँ भन्नु अनर्थ नै हुन्छ । आजको मितिमा विश्वभरी नै हिन्दू शब्दले सनातनी वैदिकहरूको जीवन्त प्रतिनिधित्व गरिरहेको छ । त्यसैले हामी हिन्दू हौँ भन्दा विवाद गर्नु अनर्थ हो । मुलतः हिन्दू शब्द गौरवको प्रतिक हो । सभ्य्तागत दृष्टिले हिन्दू संस्कृतिको विकास नेपाल र भारतीय भूमिमा भए पनि आजको मितिमा वैश्विक बनेको छ । आज हिन्दू वैश्विक भएका छन् । प्रायोजित इतिहासकारले हिन्दूहरूलाई विदेशी आक्रमणकारी भने पनि अधिकांश हिन्दूले यो भाष्य अनर्थ भएको बुझिसकेका छन् ।

संस्कृतको अनर्थ कर्मकाण्डमात्र
संस्कृत शब्दको अर्थ नै सुधारिएको, परिस्कृत गरिएको भन्ने हुन्छ । संस्कृत एउटा सुधारिएको भाषा हो । संस्कृतलाई केवल ब्राह्मणहरूको भाषा वा कर्मकाण्डको भाषा भनेर बुझ्नु अनर्थ हो । ‘संस्कृत केवल ब्राह्मण र कर्मकाण्डको भाषा हो’ भनेर भाष्य लेख्ने र त्यसमा विश्वास गर्नेहरूले अनर्थ गरिरहेका छन् । १४ विद्याको मर्म बुझ्नेहरूले (पढ्नेहरूले) यस्तो अनर्थमा विश्वास गर्नु हुँदैन । बरू, १४ विद्या के रहेछन् भनेर खोज्नुपर्छ ।

उपरोक्त अनर्थ प्रयोग बाहेक राधाकृष्णको चरित्रलाई यौन स्वच्छन्दतासँग जोड्ने, महावीर हनुमानको व्यक्तित्वलाई दासतासंग जोड्ने, भगवान् पशुपतिनाथसंग गजेडी वा लागुपदार्थसंग जोड्नेजस्ता अनर्थहरूको प्रतिकार गर्नुपर्छ । एकमा बहुलता र बहुलतामा एकता तथा उदारता हिन्दू जीवन शैली हो । धर्म, अर्थ, काम तथा मोक्षको बाटो भक्ति, ज्ञान, कर्म वा निष्काम कर्मका माध्यमले प्राप्त गर्ने तत्थ्यलाई ख्याल गर्नुपर्छ ।

अन्त्यमा, शब्दहरूले संस्कृतिको प्रतिनिधित्व गर्छन् र संस्कृति नै समुदाय वा व्यक्तिको मौलिक परिचय हुन्छ । यदि कुनै शब्दको अनर्थ प्रयोग हुँदैगयो भने त्यसले सांस्कृतिक हीनताबोध र अन्त्यमा विनाश निम्त्याउँछ । त्यसकारण हरेक हरेक हिन्दूले आफ्ना मौलिक शब्दहरूको ठीक ठीक प्रयोग गर्नुपर्छ । यदि अनुवाद गर्दा कुनै शब्दको अनुवाद र त्यसले दिने अर्थ ठीक लागेन भने मौलिक शब्दकै प्रयोग गर्नुपर्छ । उदाहरणका लागि, धर्म, ऋत, वर्णाश्रम, शक्ति, योग तथा नामहरू जस्ताको तस्तै प्रयोग गरेको उचित हुन्छ । धर्मलाई रिलिजन र ईश्वरलाई अल्लाह वा गडमा अनुवाद गर्न जरुरी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक