आफ्नो अधिकारका लागि शिक्षकहरु सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्णः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरुका माग व्यवहारिक भएकाले सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत कोइरालाले शिक्षकहरुका माग व्यवहारिक, कानुनी र संवैधानिक भएकाले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानूनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरु तुरुन्त सम्बोधन गरौं । कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ ।’

त्यस्तै कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षकहरु आज विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् ।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ ।

शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षक र सरकारबीच दुई दिनदेखि वार्ता भएपनि सहमति जुटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबैले

पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति