घृणावादीको सृजनशीलता !



डा. गोविन्दरशण उपाध्याय ।
आजभोलि मलाई नेपाली लेखकहरूले लेख्ने नेपाली तथा अंग्रेजी उपन्यास पढ्ने भूत चढेको छ । कुनै वखत भारतमा हुँदा जासुसी उपन्यासका खण्डहरू कुरेर, नयाँ आएपछि किनेर पढ्ने पनि म नै हुँ । यी जासुसी उपन्यासहरूको सृंखला पढ्न सारै मजा हुन्थ्यो । त्यो एउटा घतलाग्दो नशा थियो, आजको फेसबुक, टिकटकझैं । अब उप्रान्त के होला ? भन्ने कौतुहल मेटाउन नयाँ खण्ड पढ्दै पर्ने ! पहिलापहिला २५ पैसा दैनिक भाडामा लिएर पढ्ने गर्थें, पछि अलिअलि कमाउन थालेपछि नयाँ किन्यो, अनि आधा मूल्यमा बेच्यो र आधा थपेर अर्को किन्यो ! विजय कुमारका थ्रिलर र जासुसी उपन्यासका पात्रहरू अझैं पनि याद छन् ।

–ती उपन्यासहरू नितान्त काल्पनिक र कुनै धर्म, संस्कृति तथा परम्पराका आलोचन हुँदैनथे । सामाजिक, सांस्कृतिक, धार्मिक तथा पौराणिक परिवेशका वरिपरी लेखिएका पुराना बंगाली उपन्यास पढ्न मैले बंगालीनै सिकें । रवीन्द्रनाथ, बन्किमचन्द्र चटर्जीआदि मेरा प्रिय उपन्यासकार थिए । उनीहरूका उपन्यासमा संस्कृति, परम्परा, तत्कालीन जीवन सङ्घर्ष, अपमान, भोगाई आदि समेटिएका हुन्थे ्र आज पनि पढ्दा लाग्छ, पाठक तत्कालीन परिवेशको एउटा पात्र हो र तिनै पात्रसंग घुलमिल भएर जीवनयापन गर्दैछ ।

शिवदत्त शर्माले पहिलो मौलिक उपन्यास वीरसिक्का (वि.स. १९४६) ) लेखेर आरम्भ भएको नेपाली उपन्यासको आजसम्मको यात्रा निकै प्रशंसायोग्य छ । आजको मितिसम्म धेरै उपन्यासकारहरूले काल्पनिक जगतका लागि अनेकौं उत्कृष्ट उपन्यास सृजना गरेका छन् । मैले केवल उपन्यासको कुरा गरें तर यो सत्य होइन । ने मुनि नेपाल राष्ट्रको स्थापना गरेपछि नेपाली समाजमा निरन्तर सृजनात्मक विकास हुँदै आएका छन् । नेपाल, नेपाली पनि आफैमा सृजनाशक्तिका अनुपम उदाहरण हुन् ।

–सृजनात्मकता मानवको अनिवार्य गुण हो । विश्वको जुनसुकै कुनाको मान्छेले आ–आफ्नो परिवेशअनुसार सृजना गरेकै हुन्छ । बैज्ञानिकहरूका अनुसार मान्छेको सृष्टिपछि लगभग १०७ अर्व मान्छेहरूले यो धर्तिलाई टेके र विलाए । आजका जीवित मान्छेहरू जोड्दा पृथ्वीमा उत्पन्न भएका मान्छेहरूको सङ्ख्य ११६–१७ अर्व हुन्छ । आजको ठीक १०० बर्षपछि यदि विज्ञानले आयुविज्ञानमा कुनै अपत्यारिलो प्रगति गरेन भने यी मंध्ये एकदुईहजार मान्छेमात्र जीवित रहने सम्भावना छ तर मान्छेको संख्या भने आजको दुईगुणा हुनेछ । सायद सृजनात्मकता पनि बढी नै हुनेछ ।

सृजनात्मकताका अनेकौं आयाम हुन्छन् । अक्षरमा लेखेर वा लेखाएर आफ्नो मन तथा बुद्धिमा लागेका कुराहरू टिपोट गरेर अर्कोको लागि पस्कनु आजको लागि सबैभन्दा महत्वपूर्ण सृजनात्मकता भन्न मिल्छ । यस्तो सृजनात्मकतालाई विश्वव्यापी बनाउन विश्वभरीका मान्छेहरू विद्यालय, विश्वविद्यालय जान्छन् । नेपालीसमाज यस भन्दा अलग छैन तर विद्यालय र विश्वविद्यालयहरूले मात्र सृजनात्मक शक्तिका एकमात्र आधार वा स्रोत भने होइन । यी विद्यालय र विश्वविद्यालयहरूले मान्छेको सृजनात्मकतालाई संस्थागत गरेर सुरक्षा र धेरैसम्म पुर्याउने कामचाहिं गरिरहेका छन् ।

हामीलाई थाहा छ, धर्म, संस्कृति, परम्परा, तथा विभिन्न कलाहरू मान्छेको सृजनाशक्तिकै उपज हुन् ्र तर जे–जस्तो परिवेशमा सृजनात्मकताको आरम्भ भए पनि एकपटक ती विषयवस्तु संस्कृति वा धार्मिकताका अंग बनेपछि मानवीय सृजनाशक्ति पनि तेसैका वरिपरी घुम्छन् । उदाहरणका लागि महाभारतको रचना आफैमा मान्छेको सृजनाशक्ति अनुपम उदाहरण हो । तर अव महाभारत केवल काल्पनिक उपन्यासजस्तो विषय रहेन । महाभारतका हरेक कथाहरू, तेसका पात्रहरू, त्यसका विषयवस्तुहरूले हिन्दू वैदिकहरूको जीवन दर्शनको विशाल महल खडा भएको छ । प्रत्येक हिन्दूहरूले वेद, उपनिषद तथा पुराणहरूको विशाल महलभित्र आफ्नो परिचय सुरक्षित भएको अनुभव गर्छ । यदि कसैले सृजनात्मकताका नाममा ती सांस्कृतिक सृजनाहरूप्रति आक्रमण गर्छ भने सम्पूर्ण दरवार नै दुख्छ ।

मैले भनि सकें आजभोली मलाई नेपाली उपन्यासहरू पढ्ने भुत चढेको छ । मैले धेरै वर्ष अगाडीनै माधवी, सुम्निमाआदि उपन्यासहरू पधेल्प थिएँ । पछि थाहा पाएँ यी उपन्यासहरू प्रगतिशील, यथार्थवादी, बास्तववादी, परम्परावादी, मनोबैज्ञानिक, स्वच्छन्दतावादी आदि श्रेणीमा पर्दा रहेछन् । यी शास्त्रीय वर्गीकरण जोजसलाई चाहिने हो उसले बुझोस् । म एउटा साधारण पाठक हुँ । मेरो अस्तित्व र परिचय हिन्दू वैदिक संस्कृतिबाट निर्मित भएको छ । विचारको स्वतन्त्रतालाई मैले सम्मान गर्छु तर स्वतन्त्रता र स्वच्छन्दताको बैचारिक उदात्ततालाई दुरुपयोग गर्नेहरूप्रति सजग हुनैपर्छ । आफ्नो हत्या गरेर अर्कालाई स्थापित गर्ने उपन्यासकारहरू बुद्धिमान होइनन् । उनीहरूको विचारले सामुहिक सांस्कृतिक आत्महत्या निम्त्याएको हुन्छ । बैचारिक स्वतन्त्रता भन्दैमा आत्महत्या गर्ने छूट कानुनले त दिंदैन भने विचारले आफ्नै परिचयको सामुहिक हत्या गर्नेहरूले आफ्नो औचित्य सिद्ध गर्न सक्दैनन् ।

अहिलेका लेखकहरूले सृजित गरेका केही उपन्यासहरू सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा उच्चतर छन् । यिनले विकृतिहरू विरुद्ध प्रहार गर्छन् र आफ्नो मौलिकताको बचाऊ गर्छन् । केही उपन्यासहरूले सांस्कृतिक र धार्मिकतहमा निन्दनीय विषय प्रस्तुत गरेका छन् । सनातनी हिन्दुहरूले अत्यन्त श्रद्धा र विश्वासका साथ आराधना गर्दै आएका देवीदेवताहरूका चरित्रलाई विकृत रूपमा प्रस्तुत गर्ने, ती उपर कुनै पनि शास्त्रमा उल्लेख नभएको दुर्गुणको आरोप लगाउने यहाँसम्म कि प्रत्येक हिन्दूहरूको जीवन दर्शनसँग जोडिएका रामकृष्ण, देवी देवतालाई कलंकित गर्ने गरी उपन्यासका पात्रका रूपमा प्रस्तुत गरेर ती पूज्यपात्रहरूप्रति घृणा जगाउनु सृजनशीलता होइन । यो स्वच्छन्दतावाद र मार्क्सवादी प्रगतिशीलताको नाममा आफ्नै मौलिक संस्कृतिको हत्या गर्ने गन्हाएको बैचारिक जाल हो । हिन्दूहरूका आराध्यदेव श्रीकृष्णलाई “पापका कारण ब्वासाले लुछेर मरेको“ भन्नु नितान्त निकृष्ट सृजना हो । हिन्दू वैदिक सनातन धर्मप्रतिको घृणाको अभिव्यक्ति हो ।

विभिन्न प्राचीन संस्कृत पुराण, महापुराणआदिका पूज्यपात्रहरूको चरित्रहत्या गर्न सधैं तत्परता देखाउने तर छ वर्षकी बालिकासंग विवाह गर्ने प्रमुख धर्मगुरू र उसले स्थापित गरेका पन्थका अनेकौं विकृतपात्र, आफ्नै छोरीलाई बलात्कार गरेका ‘लूत’हरूकालाई सिर्जनात्मक उपन्यासको पात्रका रुपमा पदेख्न नसक्नु पनि जानाजान स्वधर्म, संस्कृतिप्रतिको घृणाका कारण सम्भव हुन्छ । वैचारिक रूपमा वैदिक सनातनी परम्परामात्र यस्तो एकल संस्थाहरू जसले सधैं आफ्ना प्रखर विरोधी विचार राख्ने दृष्टिकोणलाई पनि सम्मानित मान्यता प्रदान गर्छ । उदाहरणका लागि चार्बाकहरूले सधैं वैदिकहरूको प्रचुर आलोचना गरेका छन् तर वैदिकहरूले वेद–उपनिषद र दार्शनिक ग्रन्थहरूमा उनीहरूको अभिमत सशक्त रूपमा उल्लेख गरेका छन् । आजका बौद्धहरूलाई चित्त नबुझ्ला तर सनातन धर्मका प्रखर विरोधी बुद्धलाई समेत विष्णुको अवतारका रूपमा सम्मान गर्नु कुनै चानचुने कुरा होइन ।

मान्छेको अस्तित्व र उसको सृजनाशक्ति अवाधित छ । तर त्यसमा आफ्नो धर्म, संस्कृति तथा मौलिकताप्रति घृणा फैलाएर सांस्कृतिक आत्महत्यातिर उन्मुख गराउने काल्पनिकतालाई सृजनशीलता भन्न मिल्दैन । रामकृष्ण, सीता, दुर्गाआदि वैदिक सनातनीहरूका आराध्यदेवहरूको चरित्रहत्या गरेर लेखिएका “कृति“हरू लेखकको मनमा रहेको वैदिक संस्कृतिप्रतिको घृणालाई उजागर गर्छन् । त्यस्ता कृतिहरू पढ्दा “धर्मनिरपेक्षवादी तथा वैदिक सनातन धर्मसंग घृणा गर्ने“हरूले स्वाद मिल्ला तर एउटा विनम्र अनुयायीका लागि आफ्नो परिचयको, इतिहासको, ऐतिहासिक पात्रको सामुहिक हत्या हो । उप्रान्त, अव सृजनशीलताका नाममा आफ्नै परिचय मेटाउने कृतिहरू र तिनका लेखकहरूका विषयमा गहिरो चिन्तन गर्नेपर्छ । सबैथोकका सीमा हुन्छन् र सबैको अन्तिम सीमा आफ्नो व्यक्तिगत र समुहको अस्तित्व हो । आफ्नै अस्तित्वलाई चुनौति दिने कृतिहरू (उपन्यासहरु) लेख्दा आत्मनियन्त्रण सीमा हुनैपर्छ । सीमाविहीन केही पनि हुँदैनन् ।

बुझ्नेलाई इसारा नै पर्याप्त छ । बूझ पचाउनेहरूहरू घृणावादका दास हुन् । यस्तो दासत्वभित्र रमाउनेहरूको पापका लागि संस्कृतिले दण्ड दिने छ । सधैं सनातन धर्मका प्रतिकहरूलाई अपमान गर्नुमा सृजनाशीलता ठान्ने र यस्तो प्रवृत्तिलाई महत्व दिने “कलंक“हरूलाई इतिहाँसले समीक्षा गर्ने छ ।
स्वस्त्यस्तु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अबको लडाइँ भ्रष्टाचार नियन्त्रण र वैज्ञानिक शिक्षाका लागि : शेखर कोइराला

महोत्तरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब यो हतियार रोकिनु हुँदैन : अध्यक्ष लिङ्देन

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु: सञ्चारमन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय

गिरिबन्धुको फाइल खुल्नेछ, त्यसलाई लुकाउने दिइने छैनः अध्यक्ष प्रचण्ड

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारको संरक्षक