कसैको नक्कल होइन, आफ्नै मौलिकताको सम्मान गर्न सिके पुग्छ



डा. गोविन्दशरण उपाध्याय ।
मौलिक संस्कारहरू विकास र प्रगतिमा बाधक हुँदैनन् बरू मौलिक आस्था र संस्कार विहिनले संस्कृति र प्रगति दूवै गुमाउँछन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक दर्शनशास्त्रका तथा अर्थशास्त्रका स्नातक हुन् । दर्शनका विद्यार्थीहरू स्वभाविक रूपले समालोचक प्रकृतिका हुन्छन् । यदि ऋषिले आफ्नो मौलिकता रोजेका छन् भने तिनको त्यो प्रगतिशील निर्णय हो । उनी विदेशमा जन्मेका, हुर्केको हुँदा विदेशी धर्म, संस्कृतिलाई आफ्नो आदर्श बनाउन सक्थे वा धर्मनिरपेक्ष रहन सक्थें । हिन्दू जीवन दर्शनको वैश्विक दृष्टिकोणका कारण उनले हिन्दूत्व अंगालेका हुन् – भन्ने तत्थ्यमा शंका छैन ।

विदेशी प्रतिमानहरूलाई जीवनको आदर्श बनाएको नेपाली नेतृत्वको “प्रगतिशीलता“को फुस्रो दम्भले नेपाललाई प्रगति र मौलिकता दूवैबाट रित्तो बनाउंदै छ । यसबाट देशले के पाएको छ, के गुमाइरहेको छ, हामी सबै यो तत्थ्यहरूका साक्षी छौँ तर “प्रगतिशीलता“को दम्भले हामी बिचल्लीमा परिरहेका छौँ । हामी नेपाली त बन्न सकिरहेका छैनौं न हामी निरपेक्ष नै बन्न सकेका छौँ । निरपेक्षता हाम्रो संस्कृति होइन, प्रगतिशीलताको कोट हाम्रो सामाजिक, साँस्कृतिक तथा धार्मिक पृष्ठभूमिका लागि मिलेन । सत्य यही हो ।

देशको गाउँगाउँ र परिवारपरिवारमा पुगेर जातीयता, भाषिक तथा भौगोलिक पहिचान बाँड्ने ‘प्रगतिशील’ नेतृत्वले देशको ८१ प्रतिशत प्रतिशत जनमतको अपमान गरेर, तिनलाई पहिचान विहीन बनाएर संसार जित्छु भन्ने दम्भ नलिए हुन्छ । कसैको नक्कल होइन, आफ्नै मौलिकताको सम्मान गर्न आरम्भ गरे सिके पुग्छ । अर्कोकुरा, अन्य धर्म, संस्कृतिहरू वारे नकारात्मक टिप्पणी गर्ने अधिकार मेरो छैन तर मैले जीवनमा अनुभव गरेको तत्थ्यले भन्छ – हिन्दू सनातन संस्कृति कुनै पनि प्रकारको अग्रगमन (विकास, प्रगतिशीलता, खोजअनुसन्धान)मा बाधा पार्दैन, किनभने यो प्राकृतिक रूपमा सबैसंग र सबै ठाउँमा ‘फिट’ हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै

सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड जरिवाना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समितिका

लगानी सम्मेलनमा द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ ।  तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आइतबार दुई वटा सम्झौता भएका