त्यसो भए निर्मला हत्याकाण्ड र ३३ किलो सुनकाण्डको एमालेले कहिले जवाफ दिने ?



काठमाडौं । सरकारले भ्रष्टाचार काण्डका फाइल खुलेको होस् वा आफ्नो नेता कार्यकर्तामाथि भ्रष्टाचारको आरोप लागेको होस् संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरिहाल्छ । कहिले प्रधानमन्त्रीको राजीनामा मागेर त कहिले मुर्रा भैंसीको कुरा उठाएर एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । अहिले सुनकाण्ड अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबार संसद बैठक अवरुद्ध गर्यो । एमाले अध्यक्ष केपी ओली सरकारका पालामा निर्मला हत्याकाण्ड भयो । अनि ३३ किलो र ३८ क्वीन्टल सुनकाण्डको चर्चा पनि चलेकै हो । के त्यतिबेला कांग्रेसले संसद अवरुद्ध गरेको थियो त ? श्रृंखलाबद्ध रुपमा संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको यो पछिल्लो विषय सुनकाण्डसँग जोडिएको छ । गतसाता विमानस्थल भन्सारको जाँचपासपछि बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेपछि सुन तस्करीका विषयमा अनेक अड्कलबाजी गरिएका छन् । यति ठूलो परिणाममा सुन भित्रिनुमा ठूलै सेटिङ रहेको आशंका अरुले पनि गरेका छन् ।

बुधबारको संसद बैठकमा यही आशंका गर्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्यो । उसले उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको माग गरेको छ । सुन तस्करीको अनुसन्धान जरैसम्म पुगेर गर्नुपर्छ र सरकारलाई त्यसो गर्न दवाव दिनुपर्छ । सायद यसमा कसैको दुईमत नहोला । किनकी विमानस्थल भन्सारबाट कसरी एक क्वीन्टल सुन बाहिरियो त ? तर नेकपा एमालेले भने जुनसुकै विषयमा पनि राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । कहिले प्रधानमन्त्रीको राजीनामा माग्ने, कहिले पशुपतिनाथ जलहरि प्रकरण छानबिनको माग गर्दा पनि संसद अवरुद्ध गर्ने काम गरेको छ ।

चोरी, तस्करी, हत्या हिंसाका घटना हुने वितिक्कै राजीनामा दिन माग राख्नु कति उचित हो त ? नेकपा एमाले अहिले विपक्षमा छ । यसअघि पटक पटक एमाले सरकारमा रहँदा र यस्ता घटना घटना भएका थिए कि थिएनन् भन्ने बुझ्न जरुरी छ । पछिल्लो पटक नेकपाकालमा एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीको प्रधानमन्त्रीत्वकालमा यस्ता धेरै घटना भएका छन् र ती अझै रहस्यमै छन् । २०७५ सालमा ३३ किलो सुनकाण्डमा . सनम शाक्यको हत्या भयो । हत्यामा संलग्न चुडामणि उप्रेती ‘गोरे’ पक्राउ त परे तर ३३ किलो सुन कहाँ गयो त ? त्यो अझै भेटिएको छैन । त्यतिबेला ३८ क्वीन्टल सुन तस्करी भएको कुरा बाहिर आएको थियो । त्यतिबेला ओली सरकारले न ३३ किलो सुन पत्ता लगाउन सक्यो न ३८ क्वीन्टल सुन नै । त्यतिबेलाको प्रतिवेदन नै गायब पारिएको छ ।

त्यतिबेला प्रतिपक्षमा रहेका कांग्रेस लगातका दलले यस विषयलाई उचालेर कति पटक संसद बैठक अवरुद्ध पारे ? त्यस्तै २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी कञ्चनपुरकी निर्मला पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । पन्तको हत्या कुनै अपराधीले गरेको थियो । तर निर्मलाका हत्यारा पत्ता लागेको छैन । सरकारले कति अनुसन्धान समिति बनायो पनि । तर हत्यारा पत्ता लागेको छैन । यो घटनालाई लिएर प्रधानमन्त्रीको कति पटक अरु दलले राजीनामा माग्दै सदन अवरुद्ध गरे ? त्यसो भए निर्मला पन्तका हत्यारा पाँच वर्षदेखि किन नपक्रेको त ? ओली तीन वर्ष प्रधानमन्त्री आफैं थिए त । एउटी बालिकालाई बलात्कार गरेर मार्नेभन्दा ठूलो अपराध के हुन्छ ? नालायक हो कि नारायण हुन् काजी गृहमन्त्रीबारे अनेक प्रश्न छन् । तर यो मामिलामा गृहमन्त्रीको राजीनामा माग्ने भनेको निहुँ खोज्ने कुरा मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी

काठमाडौंमा बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती

नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा के विषयमा भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ