लुकाइने इतिहास !



डा. गोविन्दशरण उपाध्याय ।
ई.पू. ३०० सय देखि सन् ७५० सम्म पूरै भारतवर्षमा बौद्धधर्मको प्रवल उपस्थिति थियो । राजा अशोकले विहारहरू स्थापना गरेर भिक्षु तथा भिक्षुणीहरूलाई आजीविकाका बन्दोवस्त गरेका थिए । साथै बौद्ध भिक्षु तथा भिक्षुणीहरूले भिक्षाटन गर्दा हरेक गाउँतथा सहरवासीहरूलाई अनिवार्य भिक्षा दिनु पर्ने नत्र राजदण्ड दिने आदेश जारी गरेका थिए ।

काठमान्डौ उपत्यकामा दुई बटा (लपु र चावहिल) चैत्य अशोकले निर्माण गराएको बुझिन्छ । काठमाडौं उपत्यका वा बुद्धको जन्मस्थल अथवा मावलीतिर यी आदेश के–कस्तो रूपमा क्रियान्वयन गरिए भन्न सकिन्न । आजको काठमाडौँ उपत्यकामा रहेका चैत्य, विहार तथा अन्य बौद्ध स्थलहरूलाई ‘जीवन्त’ देख्दा भारतीय भूमिमा झैं बौद्ध तथा सनातनीका बिच असमझदारी उत्पन्न भएर बौद्धहरूको वहिष्कार वा तिरस्कार गरेको थाहा हुँदैन । उदाहरणका लागि लपुको स्वर्ण विहार भारतीय राजस्थानकी एकजना रानीले गराएको भन्ने इतिहास लेखिएको छ । त्यस वखत बौद्धहरूलाई भारत भन्दा नेपाल त्यसमा पनि उपत्यका अत्यन्त सहज थियो भन्ने बुझ्नुपर्छ र जुन पूजाआजको विधिविधान स्वर्ण–विहारमा छ, त्यो हिन्दू तथा बौद्धहरूको सुन्दर समन्वय हो भन्ने कुरामा शंका गर्न मिल्दैन । काठमान्डौ उपत्यकामात्र होइन पहाडी नेपालमा यस्ता थुप्रै सहकार्यका उदाहरण जीवन्त छन् ।

बौद्ध भिक्षु तथा भिक्षुणी बन्दा विहारहरूमा पर्याप्त सुविधा, जनपदहरूमा मानसम्मान प्राप्त हुने भएपछि बौद्धसहित वर्णाश्रमका अनुयायीहरू समेतले बौद्ध धर्म स्वीकार गरेर भिक्षु बन्न थाले । बौद्ध भिक्षु तथा भिक्षुणीहरूले विहारहरू भरिन थाले । बौध्द धर्म, संस्कृति तथा साहित्यसहित विहार, चैत्य, मन्दिरआदिको प्रचूर निर्माण भयो ।

चौथो शताब्दिको आरम्भबाट भिक्षु/भिक्षुणीहरूप्रति सर्वसाधारणको सम्मान घट्न थाल्यो । भिक्षुहरूको संख्या लाखौं हुन्थ्यो । उनीहरू जुन गाउँ वा जनपद बाट हिड्थे त्यो गाउँका कृषकहरू भोकै मर्न बाध्य हुन्थे । राजआज्ञाका कारण तिनलाई खुवाउन अनिवार्य हुन्थ्यो । खुवाउंदा घरमा अनिकाल लाग्ने नखुवाउदा राजदण्ड मिल्ने । लाखौंको संख्यामा हिड्ने अल्छीहरूको समूहहरूका कारण सम्पूर्ण भारतवर्ष त्राहीमाम् थियो ।

बौद्धहरूको बर्चश्व हुँदै गर्दा सनातन धर्मको पुनर्जागरणको प्रयासमा मण्डनमिश्र, स्वामी श्रीधर, बोपदेवआदि मनिषीहरू सक्रिय थिए । ती मध्ये गौडपदाचार्यका शिष्य आचार्य शंकरको प्रचुर विद्वतता, शास्त्रको ज्ञान, सनातन धर्मप्रतिको महाविश्वास र सनातन धर्मको प्रचारप्रसारका कारण सर्वसाधारणहरू पुनः हिन्दु धर्ममा फर्किन थाले । भिक्षु बनेर हिड्ने लाखौँ भिक्षुहरूलाई सित्तैमा पाल्न नपरेपछि जनसाधारणले राहत प्राप्त गरे ।

राजतरंगिनीमा यस विषयमा संक्षेपमा उल्लेख भएको यो इतिहासको प्रसंग हो । बौद्धहरूको निराशावादी चिन्तनमा आधारित भिक्षुवादलाई जनताले भारतवर्षबाट झन्डै विलुप्त हुने अवस्थामा पुर्याए । बौद्धहरूका मठहरूमा आज पनि ‘मंक’को भीड हुन्छ र तिनलाई पाल्नुपर्ने पर्ने बाध्यता बौद्धहरूलाई हुन्छ ।

बौद्ध एवं तथाकथित धर्मनिरपेक्षवादीहरूले आचार्य शङ्करलाई काठमाडौंको बौद्ध पुस्तकालय जलाएको आरोप शंकराचार्यलाई लगाउँछन् तर नालन्दाको महान् पुस्तकालय खरानी पार्ने अलाउद्दीन खिजली बारे एकशब्द पनि बोल्दैनन् । आदि शंकराचार्यले काठमाडौंमा आएर बौद्ध–पुस्तकालय जलाएको कुनै प्रमाण छैन । प्राचीन बौद्ध ग्रन्थहरूमा यस्तो कुनै प्रमाण पाइन्न । स्वयम्भु पुराणले समेत यस विषयमा केही कुरा बोलेको छैन । रह्यो कुरा सैद्धान्तिक आधारमा सनातनी र बौद्ध बिचका शास्त्रीय र बर्चस्वको वहस–दूवैले आफ्नो धर्मलाई टेवा पुर्याउने हिसावले साहित्य, पूजाआजाको निर्माण गरेका छन् । यसलाई स्वभाविक ठान्छु पर्छ । यसको बलियो प्रमाण महायान र बज्रयानमा संस्कृतलाई शास्त्रीय, कर्मकाण्डको माध्यमका रूपमा स्वीकार गरिनु हो । धर्मनिरपेक्षताको कालो चस्मा लगाएकाहरूले “महायानी र बज्रयानीहरूको धार्मिक भाषा संस्कृत हो’ भन्ने कुरा प्रकट गर्न चाहन्नन् । अम्बेदकर ब्राण्डको ‘बौद्ध चिन्तन’ले बुद्धलाई विस्थापित गरेर अम्बेदकरलाई पदस्थापना गर्ने मनसाय राख्छ । हिन्दू भएर बौद्धको आलोचना गर्ने र बौद्ध भएर सनातानिको खेदो खन्ने प्रवृत्ति ‘इसाई’हरूबाट आयातित हो भन्न मिल्छ । घृणावादमा विश्वास गर्ने बौद्ध र सनातनी हुनै सक्दैनन् – प्रष्ट छ ।

काठमाडौं उपत्यकामा बज्रयानको उदय मूलतः वर्णाश्रममा रहेका हिन्दू र बौद्धहरू बीच मित्रताको समन्वयका लागि भएको हो । उपत्यकामा यस्ता धेरै विहार तथा मन्दिरहरू छन् जहाँ बज्रयानी, महायानी र हिन्दूहरूले मिलेर आराधना गर्छन् । बूढानीलकण्ठ यसका ज्वलन्त उदाहरण हुन् । बज्रयानले हिन्दु तथा बौद्धहरूका बिचमा सहृदयी सम्बन्ध कायम गर्ने प्रयत्न गरेको थियो र क्रमशः त्यसमा आधारित सामाजिक तथा सांस्कृतिक समाजको पनि निर्माण भएको थियो र आज पनि छ । तर आजभोली केही “अम्वेडकर ब्रान्डका क्रिप्तो“हरूले हिन्दू–बौद्ध बिचको प्राकृतिक सहृदयी सम्बन्ध विगारेर भोटको स्वार्थ साँध्न चाहन्छन् ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ