दीक्षा, शिक्षा र विद्या



डा. गोविन्दशरण उपाध्याय

आफ्नो गोत्र, बंश, परम्परा तथा मूलसंग जोडिन सुयोग्य गुरू (पिता, माता, गुरू) संग दीक्षित हुनुपर्छ ्र दीक्षा आफ्नो परम्परा, संस्कृति तथा आदर्शसंग जोडिने आध्यात्मिक क्रिया हो । दीक्षा विहिन व्यक्ति वा समुदाय जरा नभएको रूखझैं सानो हावाको झोकाले पल्टिन्छ । स–सानो प्रलोभनले आफ्नो मूल पहिचानलाई परित्याग गर्छ ।

शिक्षाः जो–जसरी संसारमा आए पनि प्रत्येक व्यक्तिको व्यक्तिगत र सामाजिक जीवन छ, त्यसलाई संचालन गर्न सीप, पेशा तथा साधनस्रोत चाहिन्छ । शिक्षाले व्यक्तिलाई भौतिक जीवन संचालनका लागि समयोचित, स्वाभिमानयुक्त, कर्मशील तथा विनयशील जीवन यापन गर्ने क्षमता प्रदान गर्छ । प्राचीन समयमा मान्छेहरूले कुल, बंश र पेशाअनुसारको शिक्षा प्राप्त गर्थे । अहिले समय तथा आवश्यता वदलिएकोले शिक्षा विकेन्द्रित भएको छ ।

विद्याः अनन्तः जीवनको अर्थ मृत्यु पनि हो, मृत्युलाई सहज, सरल र अर्थपूर्ण बनाउनका लागि धर्म (मनुका दश लक्षण) सहित धर्म, अर्थ, काम र मोक्षको अवस्था स्वक्रियात्मक रूपमा जीवनमा घटीत हुने ज्ञान प्राप्त गर्नुपर्छ । विद्याको प्राप्ति दीक्षा तथा शिक्षापछि हुन्छ । विद्याको मूल उद्देश्य संसारमा सरल, सहज र आनन्दपूर्वक जीवन यापन गर्ने मानसिक चेतना तथा मृत्युपछि मोक्ष सुनिश्चित गर्नुहुन्छ ्र विद्याको अर्थ ज्ञान ज्ञान पनि हो ।

दीक्षा : शिक्षा तथा विद्याको परम्परा विश्वभरीका मानवसमाजमा जीवन्त रुपमा अभ्यास गरिन्छ तर केही मानव–समाजले केवल दीक्षा (मुस्लिम, इसाई र यहुदी)लाई महत्व दिएका छन् फलतः अर्काको धार्मिक अस्तित्व स्वीकार गर्न नसक्ने समाज खडा भएको छ । केहीले केवल शिक्षाको महत्वलाई स्वीकार गरेका छन् फलतः समाज यान्त्रिक तथा अधिकतम पैसामुखी बन्न पुगेको छ भने केही सम्प्रदायहरूले केवल मोक्षलाई स्वीकार गरेका छन् तेसैले मौलिकता तथा व्याबहारिक जीवनप्रति उदासीन छन् । कुनै वेला बौद्ध–समुदायले केवल महानिर्वाणको अभ्यास गरेको हुँदा भारतवर्षबाट ओझेल हुनुपरेको थियो ।

केही अपवाद र अपव्याख्यालाई छोड्ने हो भने आजको मितिमा पनि हिन्दूले (शाक्त, शैव, वैष्णव, स्मार्त) दीक्षा, शिक्षा तथा विद्याको परम्पराको आंशिक पालन गरिरहेका छन् । वंश, गोत्र तथा पारिवारिक परम्पराले दीक्षाको प्रतिनिधित्व गरेको छ । शिक्षाका क्षेत्रमा हिन्दूहरूको अभिरुचि लुकेको छैन भने आत्मविद्यामा पनि हिन्दूहरूकाबीच आज पनि ऋषिकल्प जीवन यापन गर्नेहरू अनन्त छन् भने थोरैधेरै हरेक हिन्दूहरूले विद्याको अभ्यास गरिनै रहेका छन् । अंग्रेजीमा यस्तो विधालाई होलिस्तिक (Holistic lifestyle) भन्ने गरिन्छ, जसअन्तर्गत आफ्नो मूलमा रहेर अन्य विविधताहरूको अस्तित्वलाई स्वीकार गरिन्छ ।

यस अर्थमा, आजको विश्व मानव–समाज अलिअलि गरेर हिन्दूजीवनशैलीतिर लम्किरहेको छ किनभने अन्य धार्मिक –समाजसंग हिन्दूमनको अभाव छ । आजको विश्वले हरेक मान्छेमा एउटा हिन्दूमन स्थापना भएको अनुभव गर्छ चाहन्छ जसले विविधतालाई सहजरूपमा स्वीकार गरोस् र विश्व सबैको साझा र समान वासस्थान बन्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय