स्वर्णिमहरूले दलमा अवसर पाऊन्



नारायण गाउँले ।

व्यक्तिपूजाको पक्षपाती होइन म । तर, डा. स्वर्णिम वाग्ले जत्तिको विज्ञता, अध्ययनशीलता, अनुभव र राजनैतिक लगाव भएका व्यक्तिलाई युरोप अमेरिकामा कुनै पनि स्थापित दलले स्वागत गर्छन् अनि उमेरले उसको ऊर्जा र जाँगर नखाँदै पार्टी र देशका लागि उपयोग गर्छन् ।

बेलायतमा ऋषि सुनक योग्यताकै बलमा प्रधानमन्त्री छानिएका हुन् र स्कटल्याण्डमा भर्खरै सत्ताधारी दलको प्रमुख बनेका पाकिस्तानी मूलका हम्जा युसुफ पनि दक्षताकै बलमा त्यहाँ पुगेका हुन् । छिमेकी भारतमैं पनि अहिले विदेशमन्त्री बनेका एस जयशङ्कर पार्टीका लागि जेल बसेर होइन, विषयगत विज्ञताका कारण त्यहाँ पुगेका हुन्, जो समकालीन विश्वमा उत्कृष्ट विदेशमन्त्रीहरू मध्ये एक हुन् ।

ती मात्रै विज्ञ या ती नै सबैभन्दा दक्ष भएर छानिएका होइनन्, सबै विज्ञहरू आफ्नो ’करियर’ छोडेर राजनीतिमा आउन नचाहने हुनाले तिनले ठाउँ पाएका हुन् । लोकतन्त्रमा व्यक्तिले काम गर्ने होइन, सिस्टमले गर्ने हो र उचित व्यक्तिहरू विधायक बन्दा सिस्टम बनाउन र बसाउन सजिलो हुन्छ । स्वर्णिमको योग्यता र विज्ञतालाई विश्वका धेरै जसो संस्था, निकाय या देशले खुसीसाथ उपयोग गर्न सक्छन् । उनी पैसा, पद र प्रतिष्ठा तीनवटै कुराका लागि राजनीतिमा निर्भर हुनुपर्ने अवस्था छैन ।
देश कुनै एउटा स्वर्णिम वाग्लेले चुनाव जित्दैमा बनिहाल्ने होइन । धेरै र सके सबै सांसद उनीजस्तै छानिनु जरूरी हुन्छ । त्यो पनि कांग्रेस–एमाले जस्ता ठूला दलभित्र उनी जस्ता धेरैले चुनाव जिते मात्रै केही परिवर्तन हुनसक्ला । देशको बजेट सीमित छ, तलबभत्ताकै लागि अपर्याप्त छ र गर्नुपर्ने काम असीमित छ ।

पार्टीमैं कुर्नुपर्ने, नआत्तिनुपर्ने, लोभ नगर्नुपर्ने जस्ता तर्कसँग अबको पुस्ता अलमलिनु जरूरी छैन । यस्तो तर्कले काम गर्ने भए लगभग चालीस वर्ष उमेरका र दश वर्षभन्दा कम राजनैतिक अनुभव भएका ऋषि सुनक बेलायत जस्तो देशका प्रधानमन्त्री बन्ने थिएनन् । पढ़ाइ, अनुभव, तालीम र क्षमता भएका कर्मचारी र शिक्षकले समेत ५८ वर्षको उमेरपछि उही स्तरमा काम गर्न सक्दैनन् भनेर अनिवार्य अवकाश दिने देशले नेताचाहिँ बयोवृद्ध भए पनि काम गर्न सक्ने हुन्छन् भन्ने मान्नु युक्तिसङ्गत छैन ।
हो, ठूलो दलबाट निर्वाचित हुँदा पार्न सकिने प्रभाव अलि ठूलै हुन्छ । तर अहिलेका ठूला दलमा युवाहरू कि त किनारमैं छन् या त शक्तिशाली पदमै पुगेर पनि रबर–स्ट्याम्प मात्रै बनेका छन् । उनले रोजेको बाटोबाट सानै भएपनि ’इम्प्याक्ट’ उनले पार्न सकून्, उनको विज्ञता नीतिनिर्माण तहमा उपयोग हुन सकोस् र दलहरूले अलिकति चेत हासिल गरून् र थप स्वर्णिमहरूले ती दलमा अवसर पाऊन्, हाम्रो हार्दिक शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर