सर्वोच्चको निर्देशनलाई पालना गरी कानुन बनाएर संक्रमणकालीन न्यायको छिनोफानो गर्नु गराउनुपर्छ



केशवप्रसाद भट्टराई ।
सर्वोच्च अदालतले मुद्दा दर्ता गरिदेऊ मात्र भनेको छ । तर राजनीतिक उद्देश्यले प्रचण्ड र बाबुरामहरू कोकोहोलो मच्चाइरहेका छन् । गठबन्धनलाई टिकाउने र माओवादीहरूलाई एक ठाउँमा ल्याएर आआफ्नो राजनीतिक शक्ति र प्रभावमा विस्तार गर्नु बाहेक यो कोकोहोलो को कुनै अर्थ छैन । मेरो विचारमा त सर्वोच्च अदालतले मुद्दाको प्रक्रियामा प्रवेश गरेर अदालत र सरकारको तहबाट नेपालले नै यो सवालमा अन्तिम निर्णय गरेर द्वन्द्वपीडितको गुनासा र समस्यालाई सम्वोधन गर्न सफल भएन भने द्वन्द्वपीडितको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा पुग्छ पुग्छ । रोम विधानलाई नेपालले अनुमोदन गर्यो गरेन भन्ने कुराले कुनै अर्थ राख्दैन ।

नेपालले आमन्त्रण गरेर आएको राष्ट्रसंघको तर्फबाट अनमिनले त सवै पीडक र पीडितको विवरण राखेको छ । सवै विवरणको अभिलेख उसले राखेको छ । यसलाई सवालको अन्तर्राष्ट्रियकरण भैसकेको बुझ्नु पर्दछ जस्तो लाग्दछ । त्यसैले सरकार र माओवादीहरूले यो सवाललाई राजनीतिक दाउपेचको विषय नबनाएर, सर्वोच्च अदालतलाई सहयोग गरेर , उसको निर्देशनहरूलाई पालना गरेर सो अनुसार कानुन बनाएर यसको छिनोफानो गर्नु गराउनु उचित होला कि !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि लगाइयो परिवारको जिम्मा

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट

प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत, भूमिसम्बन्धी अध्यादेश ‘अलपत्र’

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।